२४ बैशाख २०८१, सोमबार | May 6, 2024

आज कुकुर तिहार र लक्ष्मीपूजा



काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै छ ।

यमपञ्चकको दोस्रो दिन कुकुर तिहार पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यसैले बिहान कुकुर तिहार मनाइँदै छ भने साँझ लक्ष्मीको पूजा गरिनेछ ।

घरघरमा सुरक्षा गर्ने कुकुरको पूजाआराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी कुकुर तिहार मनाइँदै छ ।

समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराईले नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताए ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमको भनाइ छ ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।

त्यस्तै, आजै लक्ष्मीपूजा पनि परेको छ । आज साँझ घरघरमा दीप प्रज्वलन गरेर लक्ष्मीको पूजा गर्ने प्रचलन छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : ०८ बजे

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु