२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

नेपालमा काेराेना भाइरसकाे नयाँ सब भेरियन्ट ‘एक्सबीबी’ भेटियाे



काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएका हो ।

साउन २१ गतेदेखि १४ असोजसम्म कोभिड-१९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरूको छनोट गरी केही नमूनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले अहिलेसम्म यो भेरियन्ट विश्वका विभिन्न देशमा फैलिएको छ भने कोरोना संक्रमणको दर पनि बढ्नेक्रममा रहेको छ ।

दीपावली, छठजस्ता पर्वमा हुने भीडभाडले संक्रमण अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : २६ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु