१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

प्रदेश राजधानी दाङमा ब्राउनसुगर कारोबारमा सरकारी कर्मचारी र सरकारी साधन



नेपालगन्ज । बाँकेको सिमावर्ती क्षेत्रमा सरकारी कर्मचारी नै लागु औषध ओसारपसारमा संलग्न भएको पाइएको छ । नेपालगन्जबाट दाङ जाँदै गरेको अवस्थामा डिभिजन वन कार्यालय, घोराही दाङका रेन्जर किरण तिवारी ठूलो मात्रामा लागु औषधी ब्राउनसुगरसहित पक्राउ परेसँगै लागु औषध ओसारपसारमा सरकारी कर्मचारी र सरकारी सवारी प्रयोग हुने गरेको पुष्टी भएको हो ।

तुलसीपुर उपमहानगरपालिका १८, हेमन्तपुरका २८ वर्षीय रेन्जर तिवारीले सरकारी नम्बर प्लेटको मोटरसाइकलमा १४ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर दाङ लैजाँदै गरेको अवस्थामा कोहलपुर प्रहरीले बाटैमा पक्राउ गरेको छ । तिवारीलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरीमा पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।

रा १ ब ८९९ नम्बरको मोटरसाइकलमा सवार रेन्जर तिवारीले मोटरसाइकलको सक र हेडको बीचमा हरियो रंगको प्लाष्टिकमा पोका पारेर ब्राउनसुगर लैजादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐन मल्लेले जानकारी दिए । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरबाट प्रहरी निरीक्षक नवचन्द्र मल्लको कमाण्डमा खटिएको टोलीले तिवारीलाई पक्राउ गरेको डीएसपी मल्लले बताए । तिवारी पछाडी बसेको सो मोटरसाइकल घोराही उपमहानगरपालिका वडा नं. १५, रतनपुर निवासी २७ वर्षीय भरत चौधरीले चलाएका थिए ।

प्रहरीका अनुसार तिवारीले बर्दियाको सीमावर्ती भारतीय बजारबाट ५५ हजार रुपैयामा ब्राउनसुगर किनेर ल्याएका थिए ।

कोहलपुर प्रहरीले कात्तिक ४ गते कोहलपुर नगरपालिका २, विकासनगरका २४ वर्षीय विजय भन्ने वीरबहादुर विकलाई ७ सय १० मिलिग्राम र सोही दिन बैजनाथ गाउँपालिका ५, वनकटुवाबाट २६ वर्षीय मनिष थारुलाई ७ सय ८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ९ : १५ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत