८ चैत्र २०८२, आइतबार | March 22, 2026

मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यमबाट उजुरी दिन सकिने



काठमाडौं । निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य भएको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

उजुरी निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिताबमोजिमका समिति, टोली वा अनुगमन अधिकृतसमक्ष दिन सकिने व्यवस्था गरिएको छ । यसका साथै आयोगले सञ्चालन गरेको पैसा नलाग्ने टोल फ्रि नम्बर ११०२ मा फोन गरेर पनि उजुरी दिन सकिनेछ ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम उजुरी दिँदा आधार, कारण र सोसम्बन्धी कुनै प्रमाण भए सो समेत संलग्न गरी दिनुपर्नेछ । कसैले आचारसंहिता उल्लंघन गरेमा मौखिक रूपमा वा विद्युतीय माध्यमबाट समेत उजुरी दिन सकिनेछ । यसरी उजुरी दिइएकोमा सम्बन्धित निकाय वा अधिकारीले सोको अभिलेख राखी आवश्यक कारबाही प्रक्रिया अघि बढाउनुपर्नेछ ।

उजुरीकर्ताले आफ्नो नाम नामेशीसहितको विवरण प्रकाशन गर्न नचाहेमा सार्वजनिक गरिने छैन । कसैले यो आचारसंहिता उल्लंघन गरेमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिबाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्नेछ ।

आचारसंहिताको अनुगमनका लागि केन्द्रमा एक आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र जिल्लास्तरमा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति गठन गरिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  २ : ५७ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा