२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मकवानपुरबाट ११ किलो गाँजासहित एक युवक पक्राउ



हेटौंडा । मकवानपुर प्रहरीले अवैध लागूपदार्थसहित एक जनाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० बाट ११ किलो ३९० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-२२ बस्ने २२ वर्षीय रोशन भन्ने ओमप्रकाश पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको टोलीले ना १ ज २६२७ नम्बरको मोटरसाइल र त्यसका चालकलाई जाँच गर्ने क्रममा रोशनको झोलामा लुकाइ ल्याइएको गाँजा फेला परेको हो । गाँजा र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : ४९ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती