३ पुस २०८२, बिहिबार | December 18, 2025

स्वास्थ्य मापदण्ड पालना गरेर तिहार मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट फेला परेसँगै स्वास्थ्य मापदण्ड पालना गर्दै तिहार मनाउन स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई आग्रह गरेको छ । ओमिक्रोनको सवभेरियन्ट एक्सबीबी पहिलो पटक नेपालमा फेलापरेसँगै मन्त्रालयले सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गरेर तिहार मनाउन आग्रह गरेको हो ।

मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै नयाँ भेरियन्टसँगै संक्रमणको मात्रा पनि बढेको उल्लेख गरेको छ । तिहार, छठ सहितको पर्वमा जमघट धेरै हुने र संक्रमण तिब्र गतिमा फैलन सक्ने सम्भावना हुने भएको भन्दै मन्त्रालयको विज्ञप्तिमा कोरोनाबाट बच्न मन्त्रालयले ताकेको मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

मास्कको प्रयोक गर्ने, भौतिक दुरी कायम राख्ने र बेलाबेलामा साबुनपानीले हात धुने कार्यलाई निरन्तरता दिन विज्ञप्ति मार्फत मन्त्रालयले आग्रह गरेको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ११ : १३ बजे

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले