२० माघ २०८२, मंगलबार | February 3, 2026

चिनियाँ राजदूत यान्छीले भनिन्– मेरो कार्यकाल सकियो, नेपालमा बसेका याद संगालेर बिदा हुँदैछु



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफूले चार वर्षे कार्यकाल पूरा गरेको बताएकी छन् । राजदूत यान्छीले मंगलबार ट्विट गर्दै आफूले थप गरेको एक वर्षे कार्यकाल पूरा गरेको र छिमेकी देशबाट बिदा हुन लागेको बताएकी छन् ।

नेपालमा रहँदा आफूप्रति देखाएको माया र सदभावका लागि उनले सम्पूर्ण नेपालीलाई धन्यवादसमेत दिएकी छन् । सुन्दर देश नेपालमा बस्दा आफूले आनन्द महसुस गरेको उल्लेख गर्दै यान्छीले त्यो अनुभव र माया बोकेर जान लागेको बताएकी छन् ।

आफ्नो चार वर्षे कार्यकाल पूरा गरी यान्छी बेइजिङ फर्किन लागेकी हुन् । चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्वी एसियाली देशहरूको संगठन आसियान हेर्ने गरी इन्डोनेसियाको राजदूत बनाएको छ ।

होउ यान्छी फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने भन्नेबारे चीन सरकारले कुनै निर्णय गरेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रूपमा नेपाल आएकी थिइन् । उनले असोजमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवादेखि राजनीतिक दलका शीर्ष नेताहरूसँग बिदाइ भेट गरेकी थिइन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ११ : १३ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि