२६ बैशाख २०८१, बुधबार | May 8, 2024

कर्णालीका सात जिल्लाका तीन सय मतदानस्थल अतिसंवेदनशील



सुर्खेत । कर्णाली प्रदेशका सात जिल्लाका तीन सय मतदानस्थल अतिसंवेदनशील मानिएको छ । सुरक्षाका हिसावले कर्णाली प्रदेशका २७६ निर्वाचनस्थल अतिसंवेदनशील रहेको औंल्याइएको छ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावलाई लक्षित गरी जिल्लाका निर्वाचन सुरक्षा समितिले अतिसंवेदनशील सूचीमा राखेको हो ।

रुकुम पश्चिमका २१ , कालिकोट ७४, डोल्पा २३ , सल्यान ६३, दैलेख ४८, सुर्खेत २० र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ ।

जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार सात जिल्लाका तीन सय २५ मतदानस्थल संवेदनशील छन् । जसमध्ये, रुकुम पश्चिमका ४३, डोल्पाका २६, सुर्खेतका ६, दैलेखका ६२, सल्यानका तीन, कालिकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल छन् । प्रदेशभर एक सय ३८ वटा मतदानस्थल भने सामान्य छन् । कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा जानकारी पाउन केही समय लागेको बताएको छ ।

कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर नौ सय ३३ मतदानस्थल र एक हजार चारसय तीन मतदान केन्द्र निर्धारण गरिएको छ । आयोगका अनुसार कर्णालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशभर १० लाख आठ हजार चार सय तीन मतदाता छन् ।

कर्णलीमा समानुपातिकतर्फको कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पामा मात्र मतपत्र पठाउन बाँकी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । अन्य ६ जिल्लामा समानुपातिकको मतपत्र पुगिसकेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १ : १७ बजे

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक

सरकारी खर्चको प्रभावकारिता बढाउन सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना

काठमाडौं । सरकारी खर्चको प्रभावकारिता बढाउन पाँच वर्षे कार्ययोजना कार्यान्वयनमा

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गर्न उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक