१२ बैशाख २०८३, शनिबार | April 25, 2026

रुपन्देहीमा सञ्चालित पाँच स्टिल उद्योग बन्द, दुई हजार मजदुरको रोजगारी गुम्यो



रूपन्देही । सरकारले ल्याएको नीतिका कारण रुपन्देहीमा सञ्चालित पाँच स्टिल उद्योग बन्द भएको छ । स्टिलको कच्चा पदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तःशुल्कमा ल्याएको विभेदकारी नीतिका कारण उत्पादन लागत बढ्दै गएकोले ती उद्योग बन्द भएका हुन् ।

भारत तथा तेस्रो मुलुकबाट बिलेट आयात गरी फलामे डण्डी बनाउँदै आएका रुपन्देहीका पञ्चकन्या स्टिल, एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल, रत्ना आइरन, फेरो स्टिल र गोयन्का स्टिल पूर्ण रूपमा बन्द हुन पुगेका हुन् । जसकारण उद्योगीका १२ अर्ब लगानी डुबेको छ ।

एसआर स्टिल १ साउन र अन्य चार उद्योग असोजदेखि बन्द भएका हुन् । पाँच स्टिल उद्योग बन्द भएसँगै दुई हजार बढी मजदुरको रोजगारी गुमेको छ ।

बिलेट आयातमा ४.७५ प्रतिशत भन्सार दर कायम गरी भन्सार बिन्दुमै प्रतिमेट्रिक टन दुई हजार पाँच सय रुपैयाँ लाग्दै आएको अन्तःशुल्कलाई बढाएर तीन हजार पाँच सय कायम गरेको छ । त्यस्तै, एमएस वायरको साविकको ५ प्रतिशत भन्सार महसुललाई वृद्धि गरी १० प्रतिशत पु¥याइएको छ । भन्सार बिन्दुमै लगाइँदै आएको प्रति आठ मेट्रिक टन २५ सय रुपैयाँ अन्तःशुल्कलाई बढाएर ४५ सय रुपैयाँ पु¥याइएको छ ।

एसआर स्टिलका सञ्चालक सुरज उप्रेती अन्तःशुल्कमा सरकारको विभेदकारी निर्णयसँगै चर्को बैंक ब्याज, मागमा कटौती जस्ता कारणले उद्योग बन्द गर्नुपरेको बताउँछन् । पञ्चकन्या स्टिलका महाप्रबन्धक देवेन्द्र साहुले सरकारले बिलेटबाट उत्पादन हुने गुणस्तरीय स्टिललाई प्रतिस्पर्धा गर्न नसक्ने बनाएको बताए । चालू आर्थिक वर्षको बजेट आउनु अगाडि नै विभेदकारी अन्तःशुल्क दर सच्याउन माग गरे पनि ठूल घरानियाँसँग मिलेर आफूहरुको माग बेवास्ता गरेपछि उद्योग सञ्चालन गर्न नसक्ने अवस्था भएको साहुले बताए ।

बिलेट आयात गरी डण्डी बनाउने उद्योगहरुको संख्या तुलनात्मक रुपमा धेरै हुँदाहुँदै पनि सीमित उद्योगहरुको योजनालाई सहयोग पुग्ने गरी सरोकारवाला तथा उद्योगीहरुसँगको छलफल बिना ल्याइएको यो नीतिले नेपालका करिब ८० प्रतिशत डण्डी तथा वायर उद्योगहरुलाई मर्कामा परेको पञ्चकन्या स्टिलका उपमहाप्रबन्धक देवेन्द्र साहुको भनाइ छ ।

स्पञ्ज आइरन तथा बिलेटबाट छड बनाउँदा लाग्ने कच्चा पदार्थको लागत मूल्यबीचको फरक भन्सार महसुलमै प्रतिकिलो १२ देखि १३ रुपैयाँसम्म महँगो पर्ने उद्योगीको भनाइ छ । सरकारको पक्षपाती र गलत नीतिका कारण उद्योगहरु बन्द हुनु दुःखद भएको रुपन्देही उद्योग संंघका महासचिव हरि खत्री बताउँछन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ४ : ०६ बजे

सुकुमवासी क्षेत्रबाट उद्धार गरिएकाहरुलाई होटल व्यवसायी महासंघले अस्थायी आश्रय दिने

काठमाडौं । सरकारले थापाथली, मनोहरा लगायतका स्थानबाट सुकुमवासीहरुलाई हटाउन थालेसँगै

काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र, सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक

नेपालगन्जमा लागुऔषध कारोबारे पक्राउ गर्न हवाई फायर, तीन जना पक्राउ

नेपालगन्ज । प्रहरीले नेपालगन्जमा आज हवाइफायरिङ गरेर तीन जना लागुऔषध

गीता पाण्डे मृत्यु प्रकरण : डा. रूपाखेती निलम्बित, जोनल र इन्दुलेखा बन्द गर्न सिफारिश

बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका-२ की २९ वर्षीया गीता पाण्डेको

इक्यान रुपन्देहीको पहलमा शैक्षिक परामर्श व्यवसायीलाई अभिमुखिकरण तथा प्रशिक्षण

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको आयोजनामा संघमा