बुटवल । रुपन्देहीलाई कार्यक्षेत्र बनाएर बुटवलबाट पत्रकारिता गर्दै आएका पत्रकार टेक मास्की रानाको निधन भएको छ । रानाको बुधबार बिहान निधन भएको पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले बताए ।
स्याङ्गजा स्थायी घर भएका राना लामो समयदेखि डेंगू तथा निमोनियाका बिरामी थिए । उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको निधन भएको हो । डेंगू र निमोनियाका बिरामी उनको उपचारका लागि पत्रकार महासंघले सक्रिय भूमिका निर्वाह गरिरहेको थियो ।
उपचारमा निरन्तर प्रयास गरिरहँदा पनि अन्नतः बचाउन नसकेको भन्दै पत्रकार महासंघ,रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले दुःख व्यक्त गरेका छन् । मृतक रानाको श्रद्धाञ्जलिका लागि बुधबार बिहान अस्पतालमा जम्मा हुन उनले आग्रह समेत गरेका छन् ।
२ दशकभन्दा लामो पत्रकारिता गरेका मास्के नेपाल पत्रकार महासंघ,रुपन्देहीका पूर्व कार्यसमिति सदस्य,लुम्बिनी प्रदेश कमिटि सदस्य तथा रेडियो जागरण बुटवलको समाचार प्रमुख रहेका थिए । केहि वर्ष अघि मात्रै श्रीमती गुमाएका रानाका एक छोरा २ छोरी तीन सन्तान छन् ।


















प्रतिक्रिया