२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

रुपन्देहीका पत्रकार टेक मास्कीको निधन



बुटवल । रुपन्देहीलाई कार्यक्षेत्र बनाएर बुटवलबाट पत्रकारिता गर्दै आएका पत्रकार टेक मास्की रानाको निधन भएको छ । रानाको बुधबार बिहान निधन भएको पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले बताए ।

स्याङ्गजा स्थायी घर भएका राना लामो समयदेखि डेंगू तथा निमोनियाका बिरामी थिए । उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको निधन भएको हो । डेंगू र निमोनियाका बिरामी उनको उपचारका लागि पत्रकार महासंघले सक्रिय भूमिका निर्वाह गरिरहेको थियो ।

उपचारमा निरन्तर प्रयास गरिरहँदा पनि अन्नतः बचाउन नसकेको भन्दै पत्रकार महासंघ,रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले दुःख व्यक्त गरेका छन् । मृतक रानाको श्रद्धाञ्जलिका लागि बुधबार बिहान अस्पतालमा जम्मा हुन उनले आग्रह समेत गरेका छन् ।

२ दशकभन्दा लामो पत्रकारिता गरेका मास्के नेपाल पत्रकार महासंघ,रुपन्देहीका पूर्व कार्यसमिति सदस्य,लुम्बिनी प्रदेश कमिटि सदस्य तथा रेडियो जागरण बुटवलको समाचार प्रमुख रहेका थिए । केहि वर्ष अघि मात्रै श्रीमती गुमाएका रानाका एक छोरा २ छोरी तीन सन्तान छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ७ : ०४ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु