२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

तनहुँका दुई वडालाई जोड्यो झोलुङ्गे पुलले



तनहँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १० र ५ को बीचमा मादी नदी बग्छ । एउटै नगरपालिकाभित्र पर्ने दुई वडाको सिमा जोडिए पनि स्थानीयवासीको भेटघाट भने सहज थिएन । कारण थियो, बीचमा बग्ने मादी नदीमा पुलको अभाव ।

तर अहिले यी दुबै वडाको जोड्ने गरी परेवाडाँडा र चिन्तुटारमा झोलुङ्गे पुल निर्माण भएपछि भने आवतजावत सहज भएको छ । पुल नहुँदा एक घण्टाको पैदल पूरा गर्नुपर्ने बाध्यता झोलुङ्गे पुल निर्माणसँगै हटेको छ ।

‘पुल बनेपछि मेलापात, बिवाहवारी र आफन्त भेटघाटलगायतका काममा सहज भएको छ” वडा नम्बर १० का पूर्व वडाध्यक्ष तुलसीराम सापकोटाले भने ।

दुई सय ८२ मिटर लामो झोलुङ्गे पुल गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण एको हो । रु दुई करोड ६४ लाखको लागतमा पुल निर्माण गरिएको पुल निर्माणका साइट इञ्चार्ज इन्जिनियर शेखर रायमाझीले जानकारी दिए ।

झोलुङ्गे पुल निर्माणपछि दुई वडाका करिब १० हजार बासिन्दा प्रत्यक्ष लाभान्वित भएको स्थानीय होटल व्यवसायी बिबेक सापकोटाको भनाइ छ ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ११ : ५७ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु