२२ भदौ २०८३, सोमबार | September 7, 2026

कविता : तिहारको महत्व



हो

हामी धनी छौँ
हाम्रा पूर्वजको
देन सम्झिनु पर्छ
कला
संस्कृति
परम्परा
पूर्वीय मान्यता
हिन्दू सभ्यताको स्रोत
धार्मिक मूल्यमान्यता
हाम्रा चाडपर्वको आस्था
गौरवका विषय वस्तु हुन्
जसलाई जोगाई राखे
अफसोच !
पाखण्डीहरुले मासी दिए
चुम्बकजस्तै बने
लाचरीहरू!

 

…………………

बाल्यकालका यादहरू
कात्तिक महिनाको समय
पहेला फाँटहरूमा
लह लह धान झुलेका हुन्थे
घरआँगनमा
गोदावरी
सयपत्री
मख्मली
फुलेका फूलहरूले
परदेशबाट फर्केको
लाहुरेको मन
कति भावुक बनाउँथ्यो
केटाकेटी
युवायुवती
पिङ्
देउसी
भैलोमा रमाउँथे
बुढापाकाहरू जुवातास
किशोरहरू
लङ्गुरबुर्जाहरूमा रमाउँथे
कति मनमोहक दृश्य थिए ?
लाग्दथ्यो
धवलागिरि पर्वतको
काखमा जन्मिनु
अहोभाग्य थियो
आज ती
सम्झनाका पलहरू भए
वित्यास लाग्छ
जीवन
र समाजदेखि
आज समाज
समाज रहेन
दशैँ
तिहार चाड पर्व रहेनन्
रहे केवल
पीडाका चित्कारहरू
महङ्गी
अराजकताको माहौल
अझै अब्बल छन्
ती व्यथित अतीतहरू
आफन्तको अपहेलनाले
परदेशीको
मुग्लानी फर्कन चाहन्न!

…………………

तिहार आयो
परदेशीको मुग्लानी
पीडा बोकेर ल्यायो
विश्वास
आत्म निर्णय
पारिवारिक जम्घट सम्झयो
आलो घाउमा
नुन चुक लगाएर
बलिराजालाई
दिदीबहिनीको
घर जाँदा भएका
कहानी दोहोरिए
अझै विकराल अवस्था छन्
चुनौतीको पहाड बोकेर
सङ्घर्षको बाटो हिड्नु छ
अनेकौँ मोडहरू छन्
गरिबीले भरिएको
गाउँघर
युवाशक्ति विहीन छ
देशको अर्थतन्त्र ढुकुटीमा
हुँडार
स्याल
ब्वाँसाहरूको
जग्जगी भएको बेला
कसरी तिहार मनाउनुरु
विश्वास होइन टीकाको पनि
जसले
पटक पटक भविष्य कुल्चे
घात अन्तरघातले परदेशी बनाए
लोभी बिुरालो घरमा आएपछि
तर
दूध खाने नै भयोे

कैयौँ वर्ष भयो
तिहार नमनाएको पनि
तर
हिजो मज्जाले
देउसुरे भैलीसँग
रमाइलो मनाइयो
आखिर
पुर्खाको सामाजिक संस्कार हो
मनाउनु पर्छ मनाइयो
परन्तु
इन्द्रेणी रङ्गले नछोएको
ओखरसँगको सम्बन्ध
दुबो
र सुपारी फूलको कथा
जीवन्त लाग्थ्यो
होइन रहेछ
हेर्दा हेर्दै जीवनका कैयौ वर्ष
यसरी नै बिते
वित्दै जानेछन्
तिहारको रौनक
तिहारको रमाइलो
जिन्दगीको यात्रासँग
सापेक्ष हुँदोरहेछ!

…………………

तिहार
तिहार भन्दै
जिन्दगी बिते
बित्दैछन्
तर
समाजमा
मानवीयता
विवेक
अनुशासन
सहानुभूति
सहयोग सद्भाव
नभई तिहार हुँदोरहेनछ
बल्ल बुझियो
तिहारको महत्व!!

(देवचुली नवलपुर नेपाल, हाल कोभेन्ट्री बेलायत)

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ९ : ०० बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा