७ आश्विन २०८३, बुधबार | September 23, 2026

निर्वाचनलाई लक्षित गर्दै सडक मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न प्रशासनको आग्रह



खोटाङ । आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्ष्यित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सडक मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न स्थानीय सरकारलाई आग्रह गरेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समयमा कर्मचारी आवतजावत गर्न, मतदानका सामग्री, मतपेटिका ढुवानी गर्न तथा सुरक्षा संवेदनशीलताको दृष्टिले यातायात व्यवस्था प्रणाली सहज बनाउनका लागि नगरपालिका र गाउँपालिकालाई आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले पत्राचार गर्दै निर्वाचनलाई सरल, सहज र सुरक्षित रुपमा सम्पन्न गर्नका लागि आफ्नो क्षेत्रभित्र पर्ने सडक निर्वाचनको बेला सहज रुपमा सञ्चालन हुनेगरी मर्मत सम्भार गर्न आह्वान गरेका छन् ।

‘निर्वाचनलाई सरल, सहज, मर्यादित र सुरक्षित रुपले सम्पन्न गर्न सबैको कर्तव्य तथा दायित्व हुन जान्छ । आसन्न निर्वाचनलाई सरल, सहज र सुरक्षित रुपमा सम्पन्न गर्न जिल्लाभित्रको यातायात व्यवस्था प्रणालीलाई सहज रुपमा सञ्चालन गर्नुपर्ने हुन्छ,’ प्रशासनले पत्रमार भनेको छ, ‘त्यसैले सदरमुकामबाट हरेक पालिकाको केन्द्र र मतदान केन्द्रसम्म यातायातको सहज पहुँच पुर्‍याउन प्रत्येक पालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सडक निर्वाचनको बेला सहज रुपमा सञ्चालन हुनेगरी मर्मत सम्भार गर्नुपर्ने भए सो गरी तयारी अवस्थामा राख्ने व्यवस्था गर्न अनुरोध छ ।’

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ११ : ४७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज