२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

यू-१५ महिला साफ खेल्ने नेपाली टिमको बिदाइ



काठमाडौं । यू-१५ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको बिदाइ गरिएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ ९एन्फा० एक कार्यक्रम गर्दै प्रतियोगिताका लागि बंगलादेश जाने नेपाली टिमको बिदाइ गरेको हो ।

नेपाली टिमलाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलगाउयतले बिदाइ गरे । साफ च्याम्पियनसिपका लागि नेपाली टोली आज बंगलादेश प्रस्थान गर्ने छ ।

नोभेम्बर १ देखि ११ सम्म हुने प्रतियोगितामा नेपाल, बंगलादेश र भुटान मात्र सहभागी छन् । प्रतियोगिता डबल राउन्ड रोबिनका आाधारमा हुनेछ। लिगका शीर्ष स्थानमा रहने टिम विजेता बन्ने छ ।

प्रतियोगिताको पहिलो खेल नेपालले नोभेम्बर ३ मा भुटानसँग खेल्ने छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा भगवती रानामगर छिन् भने कप्तान दीपा रोकाय छिन् ।

नेपाली टोली

राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल, सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही, सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन, दीपा रोकाया, समीक्षा मगर, वर्षा ओली, सेनु परियार

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : ०५ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु