७ पुस २०८२, सोमबार | December 22, 2025

यू-१५ महिला साफ खेल्ने नेपाली टिमको बिदाइ



काठमाडौं । यू-१५ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको बिदाइ गरिएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ ९एन्फा० एक कार्यक्रम गर्दै प्रतियोगिताका लागि बंगलादेश जाने नेपाली टिमको बिदाइ गरेको हो ।

नेपाली टिमलाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलगाउयतले बिदाइ गरे । साफ च्याम्पियनसिपका लागि नेपाली टोली आज बंगलादेश प्रस्थान गर्ने छ ।

नोभेम्बर १ देखि ११ सम्म हुने प्रतियोगितामा नेपाल, बंगलादेश र भुटान मात्र सहभागी छन् । प्रतियोगिता डबल राउन्ड रोबिनका आाधारमा हुनेछ। लिगका शीर्ष स्थानमा रहने टिम विजेता बन्ने छ ।

प्रतियोगिताको पहिलो खेल नेपालले नोभेम्बर ३ मा भुटानसँग खेल्ने छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा भगवती रानामगर छिन् भने कप्तान दीपा रोकाय छिन् ।

नेपाली टोली

राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल, सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही, सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन, दीपा रोकाया, समीक्षा मगर, वर्षा ओली, सेनु परियार

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : ०५ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८