१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कांग्रेस उम्मेदवार प्रमोद यादवका भतिजा सवार गाडीको ठक्करबाट ६ युवा गम्भीर घाइते



बुटवल । आगामी मंसिर ४ गतेको निर्वाचन जसरी पनि जित्नुपर्छ भन्दै परिवारका सबैजना अहोरात्र निर्वाचनमा खटिइरहेका बेला रुपन्देहीका एकजना उम्मेदवारका भतिजा भने क्लवहरुमा मदिरा मस्त हुँदै एकै पटक आधा दर्जन सर्वसाधारणलाई गाडीले कुल्चँदै हिँड्ने गरेका छन् । रुपन्देही क्षेत्र नं.४ प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवार प्रमोद यादवका भतिजा निकेश यादव सवार गाडिले ठक्कर दिएर बुटवलको होराइजन चोकमा ६ जना युवा गम्भीर घाइते भएका छन् । यादव सवार बाग्मती ०१–०२६ च ६२९० नम्बरको कारको ठक्करबाट ६ जना सर्वसाधारण युवा घाइते भएका हुन् ।

कांग्रेस उम्मेदवार यादवका भतिजा निकेशकै नाममा रहेको उक्त कार मदिराले मस्त रहेका रोहित ज्वारचनले चलाएको र ब्याक गरेर आफूहरुलाई ठक्कर दिएको उपचाररत घाइतेहरुले बताएका छन् । कारको ठक्करबाट घाइते हुनेहरुमा तानसेन नगरपालिका–४ का कुदल श्रेष्ठ, बुटवल उपमहानगरपालिका–८ का विपिन श्रेष्ठ, देवदह नगरपालिका–१० का जीवन मल्ल, बुटवल उपमहानगरपालिका–७ का सुरज पाण्डे, बुटवल–१२ का दीपक पुन र बुटवल–१३ का मनोज थापा रहेका छन् । कालिकापथमा रहेको लर्ड बुटवल क्लवबाट निस्कदा मदिरामस्त अवस्थामा रहेका यादव र ज्वारचन सवार  रहेको गाडीले सर्वसाधारणलाई सिधै ठक्कर दिएको प्रत्यक्षदर्शी स्थानीयले बताए ।

घाइतेहरुका अनुसार उनीहरुलाई फुटपाथ नजिकैको साईकल लेनमा उभिएर आपसमा कुरा गरिरहेका बेला एक्कासी चालकले ब्याक गरेर ल्याएको गाडीले ठक्कर दिएर ढलाएको हो । आवाज बिहिन विद्युतीय गाडी ब्याक गरेर सिधै आफुहरुलाई ठक्कर दिएको घाइते कुदल श्रेष्ठले बताए । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ ।

ब्याक गियरमा भएपनि निकै रफ्तारमा आएको गाडीले एक्कासी ठक्कर दिएको अर्का घाइते विपिन श्रेष्ठले बताए । खुट्टा सुन्नीएपछि उनी ब्याण्डेज गरेर बेड रेस्टमा रहेका छन् ।

सडक किनारमा उभिएका युवाहरुलाई सिधै ठक्कर दिएर गम्भीर घाइते बनाइदिएपछि आक्रोशि स्थानीयले गाडीमाथि तोडफोड गरेको प्रहरीले जनाएको छ । गाडी चालक ज्वारचनले मदिरा सेवन गरेको र सोही अनुसार स्वास्थ्य परीक्षण गरि कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । गाडीमा सवार यादव उम्मेदवार प्रमोद यादवको छोरा वा भतिजा भए नभएको आफुलाई थाहा नभएको डीएसपी अर्यालले बताए ।

ठक्कर दिने गाडी र चालकलाई वडा प्रहरी कार्यालय रामनगर बुटवलले तुरुन्त नियन्त्रणमा लिएको भएपनि नेताहरुको चर्को दवाव आएपछि वडाले अनुसन्धान नै नगरि जिल्ला प्रहरी पठाएको प्रहरी स्रोतले दाबी गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ७ : ५९ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग