२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

निर्वाचन आयोगले सूर्य थापालाई सोध्यो स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले प्युठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा (एमाले)का सूर्य थापालाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले आयोगले स्पष्टीकरण साधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१)को खण्ड (ट)मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेकोमा उम्मेदवार थापाले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि बालबालिकाको प्रयोग गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ट०) को प्रतिकूल रहेको ठहर गर्दै उनलाई स्पष्टीकरण सोधिएको आयोगले स्पष्ट पारेको छ ।

थापा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन्। ओली प्रधानमन्त्री हुँदा उनी प्रेस सल्लाहकार थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : ३६ बजे

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख