१५ मंसिर २०७९, बिहिबार | December 1, 2022

दार्चुला घटनाबारे नेपालले पठायो भारतलाई कुटनीतिक नोट

सीमा क्षेत्रमा काम गर्दा नेपाललाई अग्रिम जानकारी दिन आग्रह



काठमाडौं । महाकाली नदी पारी भारतीय निर्माण कम्पनीले सडक चौडा पार्ने क्रममा गराएको बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर महाकाली वारी दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनामा नेपालले भारतलाई कुटनीतिक नोट पठाएको छ ।

तावाघाटलिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दुई दिनअघि दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो । अन्तराष्ट्रिय सीमा नजिकै कुनै पनि निर्माण कार्य गर्दा अर्को देशलाई जानकारी गराउनुपर्ने अन्तराष्ट्रिय कानून विपरित भारतले नेपाललाई कुनै जानकारी नै नदिइ महाकाली पारी सडक निर्माण गरिरहेको छ । सोही निर्माणको क्रममा शुक्रबा बिहान ढुंगा लाग्दा नेपाली सीमा क्षेत्रभित्र रहेका बालकको मृत्यु भएको थियो ।
परराष्ट्र मन्त्रालयले आइतबार घटनाबारे विरोध जनाउँदै भारतलाई कुटनीतिक नोट पठाएको हो । घटनाबारे गृहमन्त्रालयले शनिबार नै कुटनीतिक नोट पठाउन परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो ।

कुटनीतिक नोटमा मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति दिलाउन आग्रह गरिएको छ । यसैगरी यसका साथै अन्तर्राष्ट्रिय सीमानामा निर्माणकार्य गर्दा नेपाली पक्षलाई नेपाली पक्ष र स्थानीय प्रशासन र स्थानीय बासिन्दालाई समेत अग्रिम जानकारी दिन आग्रह गरिएको छ ।

यसअघि शनिबार भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा आफ्नो गल्ती स्वीकार गरेको थियो । सो कम्पनीले मृतकको परिवारलाई १० लाख नेपाली रुपैयाँ राहत उपलब्ध गराउने जनाएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ३ : ०६ बजे

नेविसंघका ६ पूर्वअध्यक्षले चुनाव जिते, तीन पूर्वअध्यक्षले हारे

काठमाडौं । यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका तीनजना

प्रधानाध्यापक हटाएको भन्दै बेलहियाका विद्यार्थीले गरे तालाबन्दी

भैरहवा । रुपन्देहीको बेलहिया माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित बनेका छन

सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

काठमाडौं  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य  तोलामा ५००  रूपैयाँले बढेको

तीन महिनामा विद्युत प्राधिकरणको नाफा साढे आठ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८०

अर्थतन्त्र सङ्कटमा छैन, केही चुनौती छन् : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताएकाछन्