२१ बैशाख २०८३, सोमबार | May 4, 2026

दार्चुला घटनाबारे नेपालले पठायो भारतलाई कुटनीतिक नोट

सीमा क्षेत्रमा काम गर्दा नेपाललाई अग्रिम जानकारी दिन आग्रह



काठमाडौं । महाकाली नदी पारी भारतीय निर्माण कम्पनीले सडक चौडा पार्ने क्रममा गराएको बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर महाकाली वारी दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनामा नेपालले भारतलाई कुटनीतिक नोट पठाएको छ ।

तावाघाटलिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दुई दिनअघि दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो । अन्तराष्ट्रिय सीमा नजिकै कुनै पनि निर्माण कार्य गर्दा अर्को देशलाई जानकारी गराउनुपर्ने अन्तराष्ट्रिय कानून विपरित भारतले नेपाललाई कुनै जानकारी नै नदिइ महाकाली पारी सडक निर्माण गरिरहेको छ । सोही निर्माणको क्रममा शुक्रबा बिहान ढुंगा लाग्दा नेपाली सीमा क्षेत्रभित्र रहेका बालकको मृत्यु भएको थियो ।
परराष्ट्र मन्त्रालयले आइतबार घटनाबारे विरोध जनाउँदै भारतलाई कुटनीतिक नोट पठाएको हो । घटनाबारे गृहमन्त्रालयले शनिबार नै कुटनीतिक नोट पठाउन परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो ।

कुटनीतिक नोटमा मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति दिलाउन आग्रह गरिएको छ । यसैगरी यसका साथै अन्तर्राष्ट्रिय सीमानामा निर्माणकार्य गर्दा नेपाली पक्षलाई नेपाली पक्ष र स्थानीय प्रशासन र स्थानीय बासिन्दालाई समेत अग्रिम जानकारी दिन आग्रह गरिएको छ ।

यसअघि शनिबार भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा आफ्नो गल्ती स्वीकार गरेको थियो । सो कम्पनीले मृतकको परिवारलाई १० लाख नेपाली रुपैयाँ राहत उपलब्ध गराउने जनाएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ३ : ०६ बजे

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा स्वच्छ

लिपुलेकबारे भारतको अडान : नेपालको दाबी अस्वीकार, वार्तामार्फत समाधानको प्रस्ताव

नयाँ दिल्ली । भारतले लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राको ऐतिहासिक

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका-४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका