३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

पाकिस्तानी दूतावासले मनायो ‘कास्मिर कालो दिवस’



काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले ‘कास्मिरमा भारतले अतिक्रमण’ गरेको विरोधमा आज ‘कास्मिर कालो दिवस’ स्मरण गरेको छ ।

यो दिवसको अवसर पारेर दूतावासले काठमाडौंमा ‘अवैध नियन्त्रणका परिणाम’हरु नामक छलफल कार्यक्रमको आयोजना गरेको छ । ७५ वर्ष पहिले पचहत्तर वर्ष पहिले, २७अक्टोबर १९४७ मा भारतले ‘गैरकानूनी हस्तक्षेप र अवैध रूपमा जम्मू कश्मीर कब्जा गरेर श्रीनगरमा सेना तैनाथ गरेको विरोध’मा पाकिस्तान र काश्मिरीहरूले यो दिनलाई काश्मिर कालो दिवसका रूपमा मनाउने गर्छन्।

कार्यक्रममा राजनीतिज्ञ, विश्लेषक, विद्वान र संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको थियो ।

आफ्नो सन्देशमा, राष्ट्रपति आरिफ अल्वीले आत्मनिर्णयको अधिकारको लागि न्यायसंगत संघर्षमा कश्मीरीहरूको बलिदानको स्मरण गर्दै मृतकहरुप्रति श्रद्धान्जली अर्पण गरे। राष्ट्रपति अल्वीले भारतीय अवैध रूपमा कब्जा गरिएको जम्मू र कश्मीरमा भारतीय राज्य आतंकवाद, मानव अधिकार उल्लङ्घन र कश्मीरी जनतालाई आर्थिक, राजनीतिक र भूमि अधिकार र क्ष्क्ष्इव्प् को जनसांख्यिकी परिवर्तनबाट वञ्चित गर्न अवैध र एकपक्षीय कार्यहरू गरेको भन्दै विरोध समेत गरेका छन् ।

यस्तै प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफले कश्मीरी जनताको लागि पाकिस्तानको दृढ समर्थन दोहोर्‍याए। उनले संयुक्त राष्ट्र संघको बडापत्र र संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव अनुसार कश्मीरी जनताको वैधानिक र अपरिहार्य आत्मनिर्णयको अधिकारको प्राप्ति नभएसम्म पाकिस्तानको ऐक्यबद्धता रहिरहने प्रतिवद्धता पनि जनाएका छन्। प्रधानमन्त्री शरीफले भारतीय सैन्य घेराबन्दी र सञ्चार नाकाबन्दी तुरुन्तै हटाउन माग गरेका छन् ।

प्रधानमन्त्री शरीफले मनमानी ढंगले पक्राउ परेका र गैरकानूनी रूपमा थुनामा रहेका सबैलाई रिहा गर्न आग्रह गरेका छन् । उनले भारतीय अख्तियार सेनालाई दण्डहीनता प्रदान गर्ने कठोर कानूनहरू तत्काल खारेज गर्न पनि आह्वान गरे। उनले अतिक्रमित क्षेत्रमा मानवअधिकारको गम्भीर अवस्थाको छानबिन गर्न अन्तर्राष्ट्रिय मानवअधिकार र मानवीय संस्थाहरूका साथै अन्तर्राष्ट्रिय मिडियाको पहुँचको माग गरे।

यस्तै, विदेशमन्त्री बिलवल भुट्टो जरदारीले आफ्नो सन्देशमा डर विरुद्ध साहस र अत्याचारको विरुद्ध बलिदानको लडाइ रहेको बताए । उनले सबै कास्मिरी शहीदहरूको बलिदान र उनीहरूको दृढताको प्रशंसा गरे । उनले भारतलाई जवाफदेही बनाउन व्यावहारिक कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गरे ।

दूतावासका चार्ज डे अफेयर्स उमेर अलीले लामो समयदेखि चलिरहेको विवादको उत्पत्ति र कश्मीरका जनतालाई उनीहरूको आत्मअधिकारको बारेमाजारी गरिएका सुरक्षा परिषद्का प्रस्तावहरूको स्मरण गरे

कार्यक्रममा बोल्दै, सहभागीहरूले मिडियारसूचना नाकाबन्दी, पेलेट गनको प्रयोग, कश्मीरी नेतृत्वको गिरफ्तारी र भारत सरकारका अन्य अमानवीय कार्यहरूमा चिन्ता व्यक्त गरे । उनीहरुले जम्मु कश्मीर विवादको समाधान नभएको स्थिति दक्षिण एसियामा शान्तिका लागि सबैभन्दा ठूलो चुनौती भएकोमा सहभागीहरूले सहमति जनाएका थिए।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : ५१ बजे

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन