३ असार २०८१, सोमबार | June 17, 2024

ओलीको प्रतिवाद गर्दा पार्टी छोड्न बाध्य भएँ : घनश्याम भुसाल



रुपन्देही । प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान च्यात्न खोजको र त्यसको प्रतिवाद गर्दा आफू पार्टी छोड्न बाध्य भएको दावी गरेका छन् । घरदैलो अभियानका क्रममा उनले मंगलबार यस्तो बताएका हुन् ।

उनीसँगै प्रदेशसभा सदस्य पदका उम्मेदवारद्धय अब्दुल रज्जाक र विश्वनाथ यादवले पनि रोहिणी, ओमसतिया गाउँपालिका तथा तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा घरदैलो अभियानलाई निरन्तरता दिइरहेका हुन् ।

उम्मेदवारहरूले रोहिणीका वडा नम्बर ४, ५ र ६ ओमसतियाको ६, तिलोत्तमाको ८ र १२ तथा देवदह नगरपालिका(१० मा सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार नेता भुसालले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, बाटोघाटो तथा भौतिक निर्माणका काममा तिव्रता दिने बताए । उनले सुकुम्मबासी समस्याको समाधान गरिने पनि बताए । सुकम्बासी समाधानबारे गहन अध्ययन थालिसकेको उनको भनाइ छ ।

एमाले परित्याग गरेर गठबन्धनको समर्थनमा त्रिभुज चुनाव चिन्ह लिएर रुपन्देही १ मा उम्मेदवार बनेका नेता भुसालले संविधान रक्षाकै लागि गठबन्धनको समर्थनमा उम्मेदवार बनेको बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : २६ बजे

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने

काठमाडौं । नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल : कोहलपुर रेसिङ सहाराको सहज जित

कोहलपुर । कोहलपुर रेसिङ सहारा क्लबले बाँके जिल्ला ‘ए’ डिभिजन

भिजिट भिसाका नाममा घरेलु कामदारमा जान खोज्नेलाई फर्काइँदै

काठमाडौं । पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न

प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट, नेपालको आर्थिक विकासका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ

सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिता भोलिदेखि गोकर्णमा

काठमाडौ । सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता