२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

पालिका अध्यक्ष चुनाव प्रचारमा हिँडेपछि पर्वत जलजलाका अध्यक्षलाई निर्वाचन आयोगको स्पष्टीकरण



बेनी । निर्वाचन आयोगले पर्वतको जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यलाई आफू बहाल रहेको स्थानीय तहमा राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको छ ।

आचार्यलाई आफ्नो पदीय दायित्व समेत ख्याल नगरी लगातार निर्वाचन सम्बन्धी दलका बैठक, कार्यक्रम र भेला लगायतमा सहभागी भएको भन्ने उजुरीका आधारमा निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी २४ घण्टाभित्र जवाफ दिन आयोगबाट स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने तर स्थानीय कार्यपालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्थाप्रति स्मरण गराउँदै आयोगले गाउँपालिकाको अध्यक्ष रहेको गाउँपालिकाभित्र राजनीतिक दलको वा दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने देखिएको पत्रमा उल्लेख छ ।

स्पष्टीकरण पत्रमा भनिएको छ– ‘तपाईं निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी नेपाली काँग्रेसका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनु भएको होइन भन्ने आधार प्रमाण के छ ? तपाईंले आफू अध्यक्ष रहेको गाउँपालिकाभित्र राजनीतिक दलको प्रचारप्रसारमा संलग्न भएको कार्यले निर्वाचन आचारसंहिताको उल्लंघन हुने हुँदा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिमको जरिवाना किन गर्नु नपर्ने हो ?’

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : ४५ बजे

तीन दिनपछि खुल्यो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक । बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ

सीमामा भन्सार कडाइ : महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

महेन्द्रनगर । पश्चिम नेपालका नेपाल-भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । १९५८ साल

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

म्याग्दी । प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी

तन सहरमा, मन गाउँ विकासमा : बुटवल-रामपुर जोड्दै सामाजिक अभियान

बुटवल । रुपन्देही-“जहाँ रहे पनि जन्मभूमिको माया र समुन्नतिका लागि