२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

चितवनबाट १६ जुवाडे पक्राउ



चितवन । चितवनको भरतपुरमा कौडा खेल्दै गरेका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो भरतपुर-११ लामाटोलकी मैती लामाको घरमा कौडा खेलाइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नगद १ लाख २८ हजारसहित १६ थान कौडाको साथमा जुवाडे पक्राउ गरेको हो ।

नियन्त्रणमा लिइएकामध्ये भरतपुर ११ की मीनाकुमारी दर्लामी, तीर्थकुमारी गुरुङ, सबु गुरुङसहित १३ पुरुषहरू छन् । सोही ठाउँका सरोज गुरुङ, डम्बरजङ गुरुङ, सरोज न्यौपाने, राजेन्द्र सिंखडा, शिव कुमाल, कुमारसिंह तामाङ, प्रवीण भटराई, जितेन्द्र कुमाल, कृष्णबहादुर तामाङ, बलबहादुर कुमाल र रेशमबहादुर लामालाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

सोही ठाउँ बस्दै आएका तनँहुका शिवराज घिमिरे र लमजुङका दिलबहादुर गुरुङ पनि प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : ०२ बजे

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

काठमाडौं । काठमाडौं उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर

भोटेकोशी बाढी : सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

काठमाडौं । भोटेकोशी बाढीका कारण रु ६७ अर्ब ८७ करोडबराबरको

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौं । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा