१४ असार २०८३, आइतबार | June 28, 2026

हामीले कसैलाई गाली गरेर भोट मागेका छैनौं, मात्रै विकासका कुरा गरेका छौं : इश्तियाक राई



नेपालगन्ज । जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले अब मतदाताले आफ्नो उत्कृष्ट विवेक प्रयोग गर्ने दिन नजिकिइ रहेको बताएका छन् । चुनावी क्षेत्र अन्तर्गत पर्ने नेपालगन्ज उपमहानगरका वडाहरूमा मंगलबार बिहानैदेखि सुरू भएको चुनावी घरदैलो क्रममा मतदाताहरूलाई भेटेर उनले सही ठाउँ र सही उम्मेदवारलाई छान्न अपिल गरेका अपिल गरेका हुन्।

जनता समाजवादी पार्टीले केही दिन अघिमात्रै निर्वाचन क्षेत्रभित्र पर्ने नेपालगन्ज उपमहानगर र डुडुवाका २७ वटै वडाहरूमा एकै पटक घरदैलो अभियान सुरु गरेका थियो।

मतदाताहरू फेरि पनि एकपटक ‘विकास‘ रोज्न आतुर भएको भन्दै उम्मेदवार राईले अरूले जसपा विरूद्ध फैलाइरहेको भ्रम र झुटा कुरामा नअल्झिन पनि मतदाताहरुलाई आग्रह गरे।
‘हामीले कसैलाई पनि आरोप प्रत्यारोप गरिरहेका छैनौं। आफूले गरेका कामहरू र फेरि गर्नुपर्ने विकासका कामहरू जनतालाई बुझाइरहेका छौं’ उनले भने ‘हामीले हाम्रा राम्रा कामहरूलाई फेरि एकपटक जनताबाट अनुमोदन गराउन चाहन्छौं र समग्र बाँकेको विकासका लागि अझै वृहत योजनाहरू ल्याउन चाहन्छौं।’

जनताका लागि गर्नुपर्ने काम र विकासका एजेण्डाहरूमा बहस गर्न नसकेर धर्म र साम्प्रदायिक कुरा गरेर अरू उम्मेदवारहरूले मतदाता भड्काउने काम गरिरहेको भन्दै त्यसको परिणाम भोग्नुपर्ने दिन नजिकिइ रहेको पनि उनले बताए । ‘अरू पनि पार्टीका धेरै नेताहरू सरकारमा रहे। यहाँका स्थानीय सरकारमा पनि रहे। सांसद भए र प्रधानमन्त्रीसमेत यही जिल्लाबाट भए’ उनले भने ‘तर म केही पटक सांसद र मन्त्री हुँदा कति काम भयो र त्यसअघि के के कामहरू भए भन्ने कुरा त जनतामाझ छर्लङ्गै छ। त्यसैले हामी विकासका काममा प्रतिष्पर्धा गरौं भनिरहेका छौं। तर अरूहरू विकास र जनताका मुद्दा छोडेर मतदाता भड्काउनमात्रै लागेका छन्।’

उनले यस्ता भ्रम र झुटा प्रचार गर्नेहरूलाई आम मतदाताले सवक सिकाउने दिन आइरहेको भन्दै त्यसपछिको परिणाम नै उनीहरूलाई सजाय हुने पनि बताए।

मंगलबार नेपालगन्जका उपमहानगरका वडा नं ९, १३, १० र १२मा बिहानैदेखि घरदैलो सुरू भएको थियो। त्यसक्रममा बाँके क्षेत्रनं २ का प्रतिनिधिसभाका उम्मेदवार राई तथा प्रदेशसभाका उम्मेदवार आदेश अग्रवाललगायत पार्टीका नेता तथा कार्यकर्ताहरूले मतदाताको घर घर पुगेर मत मागेका थिए।

 

 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : १५ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली