३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

भूकम्पपीडितबाट ६६ लाख ठगेर भागेका ठेकेदार पक्राउ



लमजुङ । लमजुङ प्रहरीले भुकम्पले भत्किएको घर पुनःनिर्माण गरिदिने भन्दै भूकम्पपीडितसँग रकम लिएर फरार भएका एक जना ठेकेदारलाई पक्राउ गरेको छ । सरकारले लाभग्राही प्रत्येकलाई ३ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

भूकम्पपीडितको घर निर्माण गरिदिने भन्दै ठेक्का लिएका मकवानपुर जिल्ला बकैया गाउँपालिका १०, अम्मासबेसी बस्ने ४७ वर्षीय ठेकेदार यमबहादुर थोकरलाई ३ वर्षपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घरहरुको डीपीसी गरेर सरकारबाट आउने दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँका दरले पीडितहरूबाट करिब ६६ लाख रुपैयाँ लिएर भागेका उनलाई पक्राउ गरेको डीएसपी प्रकाश श्रीमलले बताए ।

२०७२ जेठ १२ गते गएको विनाशकारी भूकम्पका कारण घरबारबीहिन लाभग्राहीको आवास पुनःनिर्माणको लागि सरकारले ३ लाख रुपैयाँको व्यवस्था गरेको थियो । उक्त रकमले अपुग हुने भएपछि गैरसरकारी संस्था प्राक्टिकल एक्सनले लमजुङस्थित जनचेतना अभिवृद्धि र विकास अध्ययन समिति (कोप्पाडेस) मार्फत राइनास नगरपालिका र दोर्दी गाउँपालिकाका विपन्न नागरिकलाई ५० हजार रुपैयाँले रकम दिएको थियो ।

थप रकमसहित २०७६ को साउनबाट घर निर्माण कार्यको ठेक्का थोकरले भूकम्पपीडितको डीपीसीसम्मको घर निर्माणकार्य गरी सरकारबाट भूकम्प पीडितहरूलाई दोस्रो किस्ता वापत दिएको १ लाख ५० हजार रकम लिएर निर्माणाधीन घर अलपत्र बनाएको पीडितको गुनासो छ ।

घर निर्माण गरिदिन्छु भनी झुट्टा आश्वासन देखाएर ३ वर्षदेखि फरार उनीविरुद्ध उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय, लमजुङ र प्रहरी बृत ललितपुरबाट खटिएको संयुक्त टोलीले कात्तिक ३ गते पक्राउ गरी ल्याएको र ६ गते ठगी सम्बन्धी कसूरमा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिइ अनुसन्धान गरेको र पुन सोमबार ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसरबारे जानकारी मंगलबार मात्रै गराएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरीक्षक जगदिश रेग्मीले केही व्यक्तिका उजुरीको आधारमा पक्राउ गरी ल्याइएको र घटनाबारे बुझेपछि ढिलामात्रामा सार्वजनिक गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालयले भूकम्पको लाभग्राही सूचीमा परेर ठेकेदार यमबहादुर थोकरबाट पीडित भएकालाई आवश्यक कागजातपत्रसहित सम्पर्क राख्न अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : १९ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६