७ आश्विन २०८३, बुधबार | September 23, 2026

मुलुकमा परिवर्तन ल्याउन भूमिका खेल्ने अनेरास्ववियुले माग्यो पूर्वपञ्च बोहोराको पक्षमा मत



भैरहवा । पञ्चायती व्यवस्था विरुद्ध अनवरत संघर्षको अग्रमोर्चामा रहेर इतिहास कायम गरेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसीले पुर्वपञ्च दीपक बोहोरालाई भैरहवा र यस क्षेत्रको विकासमा अहोरात्र खट्ने विकासप्रेमी नेताको संज्ञा दिएकी छन् । तीनदलीय संयुक्त विद्यार्थी संगठनको आयोजनामा बुधबार भैरहवामा आयोजना गरिएको कार्यक्रममा विद्यार्थी नेता केसीले विकासका लागि बोहरालाई जिताउनुपर्ने बताइन् ।

भैरहवाको विकासका लागि गृहमन्त्री बालकृष्ण खाँणले गरेको विकास प्रति प्रश्न गर्दै उनले काम गरेर देखाउने नेतालाई जनताले जिताउनुपर्ने बताइन् ।

अनेरास्ववियूका केन्द्रीय सदस्य सरोज ठकुरीले एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई अत्याधिक मतले जिताउनुपर्ने बताए । ‘विकासका लागि दीपक बोहरा, महेन्द्र यादव र तुल्सी प्रसाद चौधरीलाई जिताउनुपर्छ ।’ उनले भने ।

नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले मुलुकमा परिवर्तन ल्याउन विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै बोहोराको पक्षमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे । उनले महंगी र भ्रष्टाचारविरुद्ध विद्यार्थीहरुले आवाज उठाउँदै आएको चर्चा पनि गरे ।

रुपन्देही ३ बाट एमालेको समर्थनमा राप्रपाका नेता दीपक बोहोरा प्रतिनिधिसभाका उम्मेदवार छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ३ : २७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज