१७ बैशाख २०८१, सोमबार | April 29, 2024

मुलुकमा परिवर्तन ल्याउन भूमिका खेल्ने अनेरास्ववियुले माग्यो पूर्वपञ्च बोहोराको पक्षमा मत



भैरहवा । पञ्चायती व्यवस्था विरुद्ध अनवरत संघर्षको अग्रमोर्चामा रहेर इतिहास कायम गरेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसीले पुर्वपञ्च दीपक बोहोरालाई भैरहवा र यस क्षेत्रको विकासमा अहोरात्र खट्ने विकासप्रेमी नेताको संज्ञा दिएकी छन् । तीनदलीय संयुक्त विद्यार्थी संगठनको आयोजनामा बुधबार भैरहवामा आयोजना गरिएको कार्यक्रममा विद्यार्थी नेता केसीले विकासका लागि बोहरालाई जिताउनुपर्ने बताइन् ।

भैरहवाको विकासका लागि गृहमन्त्री बालकृष्ण खाँणले गरेको विकास प्रति प्रश्न गर्दै उनले काम गरेर देखाउने नेतालाई जनताले जिताउनुपर्ने बताइन् ।

अनेरास्ववियूका केन्द्रीय सदस्य सरोज ठकुरीले एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई अत्याधिक मतले जिताउनुपर्ने बताए । ‘विकासका लागि दीपक बोहरा, महेन्द्र यादव र तुल्सी प्रसाद चौधरीलाई जिताउनुपर्छ ।’ उनले भने ।

नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले मुलुकमा परिवर्तन ल्याउन विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै बोहोराको पक्षमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे । उनले महंगी र भ्रष्टाचारविरुद्ध विद्यार्थीहरुले आवाज उठाउँदै आएको चर्चा पनि गरे ।

रुपन्देही ३ बाट एमालेको समर्थनमा राप्रपाका नेता दीपक बोहोरा प्रतिनिधिसभाका उम्मेदवार छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ३ : २७ बजे

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ