२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

काठमाडौंको जुद्द शालिक नजिक एक जनाको शव फेला, हत्या आरोपमा एक जना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका-२४ जुद्द शालिक नजिक एक जनाको शव फेला परेकोमा प्रहरीले उनको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ घर भएका ६२ वर्षीय जितबहादुर लामालाई पक्राउ गरेको जनाएको छ ।

अन्दाजी ४४-४५ वर्षका पुरुषको शव जुद्द शालिक नजिक फेला परेको थियो । शव फेला परेपछि प्रहरी वृत्त जनसेवाबाट प्रहरी नायब उपरीक्षक सहितको प्रहरी टोली घटनास्थलमा पुगी घटनास्थललाई सुरक्षित राखिएको र घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक सहितको अपराध अनुसन्धान अधिकृतको प्रहरी टोली खटिएको थियो ।

घटनास्थलमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक चिकित्सकलाई समेत झिकाइएको थियो । केन्द्रीय प्रहरी केनाइन कार्यालय महाराजगञ्जबाट अनुसन्धान कार्यका लागि तालिम प्राप्त कुकुरसमेतको प्रयोग गरी संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य सुरु गरिएको थियो ।

शवको हालसम्म पहिचान खुल्न नआएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : २२ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु