२२ असार २०८३, सोमबार | July 7, 2026

लुम्बिनी प्रदेश स्तरिय सुरक्षा बैठक : साना हतियारदेखि बहिस्कार गर्ने समुह सम्म सुरक्षा चुनौती



बुटवल । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रीत लुमिबनी प्रदेश स्तरिय सुरक्षा बैठक सम्पन्न भएको छ । मुकाम राजधानी बुटवलमा सम्पन्न भएको बैठकले प्रदेशमा रहेका सुरक्षा चुनौतीको पहिचान गर्दै त्यस तर्फ केन्द्रीत भएर भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशमा रहेको पहाडी र मधेसका सुरक्षा चुनौतीहरुको पहिचान गर्दै त्यस तर्फ विशेष सतर्कता अपनाउने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले बताए । तराईमा साना हातहतियार, जातीय तथा धार्मिक दङ्गा, खुल्ला सिमानाकामा हुन सक्ने अपराधिक गतिबिधि सुरक्षा चुनौती रहेको तथा पहाडी क्षेत्रमा भौगोलिक बिकतताका कारण मतपेटिकाको ओसारपसार, साधन र स्रोतको अपुगता, अपर्याप्त जनशक्ति साथै निर्वाचन बहिस्कारको घोषणा गरेका दल वा समुहबाट हुन सक्ने अवरोध मुख्य सुरक्षा चुनौती हुन सक्ने बैठकले आँकलन गरेको छ ।

बैठकमा १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको सुरक्षा अवस्था र चुनोतीहरुका विषयमा प्रस्तुतिकरण गरेका थिए । सबै जिल्लाको रिपोर्टिङमाथि छलफल गर्दै बैठकले राज्यका सबै संयन्त्रहरुलाई सक्रियतापूर्वक परिचालन गर्ने र एक आपसमा बलियो समन्वय गरेर सुरक्षा व्यवस्था मिलाउने व्यवस्था मिलाइने प्रतिबद्धता जनाईएको ती अधिकारीले बताए ।

बैठकको प्रारम्भमा लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले प्रदेशको सुरक्षा अवस्था र चुनौतीहरुका विषयमा प्रस्तुतिकरण गरेका थिए । १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको प्रस्तुतिकरणमा आधारित रहेर बैठकमा १ घण्टा छलफल गरिएको थियो ।

प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माको अध्यक्षतामा बसेको बैठकलाई संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, गृहसचिव बिनोद प्रकाश सिंह, लुम्बिनी प्रदेश सरकारका मुख्य सचिव डा. दिपक काफ्ले, नेपाली सेनाका बालाध्यक्ष बिभागका रथी सरोज प्रताप राणा, नेपाल प्रहरीका महानिरक्षिक धिरजप्रताप सिंह, शसस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले निर्देशनात्मक सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : २९ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ