१५ बैशाख २०८१, शनिबार | April 27, 2024

रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार : तीन जना पक्राउ



बुटवल । रुपन्देहीमा १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ परेका छन्।

सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ । पक्राउ परेका आरोपीले घटनामा संलग्न थप तीन जनाको नाम बताएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनीहरूको खोजी तीव्र पारिएको डिएसपी अर्यालले बताए। पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ ।

कञ्चन गाउँपालिका-२ गोफ्लापुरमा दुवै किशोरीलाई गएराति करिब २ बजेतिर उनीहरूले जबरजस्ती करणी गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १० : २२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग