२० मंसिर २०८२, शनिबार | December 6, 2025

घोषणापत्रमा महिला अधिकारको मुद्दा : देशका ६० निर्वाचन क्षेत्र महिला उम्मेदवार बिहिन



बुटवल । दलहरुले आफ्नो घोषणापत्रमा जतीनै महिला शसक्तिकरण र समानताको उल्लेख गरेपनि अवसरको विषयमा महिलाहरुलाई सधैं पछि नै पार्ने गरेका छन् । कानुनले सुनिश्चित बनाएको ३३ प्रतिशत अधिकारको क्षेत्रमा पनि दलहरुले महिलालाई अवसर दिन कन्जुस्याँई गर्ने गरेको वास्तबिकता आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दलले वितरण गरेको टिकटबाट पनि बुझ्न सकिन्छ ।

आसन्न निर्वाचनमा मुलुकका ६० वटा निर्वाचन क्षेत्र महिला उम्मेदवार बिहिन रहेको छ । ती क्षेत्रहरुमा दलहरुले मात्र नभएर महिलाहरुले स्वतन्त्र उम्मेदवार समेत दिएका छैनन् । महिला बिभिन निर्वाचन हुन गईरहेको प्रदेशमा मधेस प्रदेश अग्रभागमा रहेको छ । मधेस प्रदेशको राजधानी रहेको धनुषाको ३ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छैनन् । लुम्बिनीको रुपन्देही ४ मा पनि महिला उम्मेदवार नरहेको निर्वाचन आयोगले जनाएको छ । बागमतीको राजधानी मकवानपुर २ मा पनि महिला उम्मेदवार छैनन् ।

महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा पछि पारेर समानुपातिकमा पनि प्रतिशत पु¥याउनका लागि मात्र बाध्यात्मक अवस्थामा महिलाहरुको नाम बन्द सूचीमा पठाईएको दलहरुले पठाएको तथ्याँकबाट अनुमान लगाउन सकिन्छ ।

प्रदेशगत हिसावले मधेश प्रदेशमा १४ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छैनन् । त्यसैगरि प्रदेश नम्बर १ मा ११ वटा, सुदुरपश्चिम प्रदेशमा १० वटा, कर्णाली प्रदेशमा ९ वटा, गण्डकी र लुम्बिनीमा ६-६ वटा र बागमतीमा ४ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार रहेका छैनन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ५ : ५९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय