२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

निर्वाचनपछि सुकुम्बासी समस्या समाधान गर्छौं : पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पूर्जा बितरण गर्ने बताएका छन् ।

अघिल्लो एमाले सरकारले सुकुम्बासी समस्या समाधानको काम अन्तिम चरणमा पु¥याए पनि अदालतले रोकेको भन्दै निर्वाचनपछि उच्च प्राथामिकताका साथ काम गर्ने पौडेलले बताए । एमाले बुटवल-६ को शाखा कमिटी भेलामा बिहीबार बोल्दै पौडेलले एमाले नेतृत्वको सरकारले मात्र सुकुम्बासीलाई जग्गाधनी बनाउने दावी गरे ।

‘लालपूर्जा सर्वाधिक चासोको विषय हो’ पौडेलले भने, ‘हाम्रो सरकारको पालामा उच्च प्राथामिकताका साथमा जग्गाधनी प्रमाणपत्र दिने गरी आयोगले केन्द्र र जिल्लामा काम गरिरहेका थिए । सुकुम्बासीका विरोधीहरुले अदालतमा गएर यो काम रोकी पाउ भनेर मुद्दा हाले । अदालतले तत्काल केही नगर्नु नगराउनु भन्यो । त्यसपछि अदालतले विद्यमान कानूनको आधारमा लालपूर्जा बाडन पाइदैन नयाँ कानून बनाएर मात्र काम सुरु गर्न भनेर फैसला गर्दा यो रोकिएका हो ।’

पौडेलले थपे, ‘भूमिहीनको पक्षमा पहिलो कानून बनाएका छौं । त्यही अनुसार निर्वाचनपछि जग्गाधनी प्रमाणपत्र एमालेले वितरण गर्नेछ । अरु दलले गर्न सक्दैन । निर्वाचनपछि उच्च प्राथामिकताका साथ यो काममा लाग्छौं । लालपूर्जा वितरण गछौं ।’

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले जिल्लामा भौतिकसँगै मानवीय विकास जनताको चाहना भएको भन्दै त्यही अनुसार काम अगाडि बढाउने समेत बताए ।

भौतिक र मानवीय विकासलाई संगसँगै हिडाएर रुपन्देहीलाई अब्बल जिल्ला बनाउने पौडेलको भनाइ छ । रुपन्देही विकासका दृष्टीले रोलमोडल जिल्ला भएको विकास सिक्न यहाँ आउने वातावरण बन्दै गएको पौडेलको भनाइ छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ९ : ३० बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु