२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

गठबन्धनले आगामी दिनमा पनि निरन्तरता पाउनेछ : प्रधानमन्त्री देउवा



धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन चुनावपछि पनि कायमै रहेने बताएका छन् ।

कम्तिमा १०-१५ वर्षसम्म सँगै हिँड्ने उद्देश्यले गठबन्धन निर्माण गरेको बताउँदै प्रधानमन्त्री देउवाले चुनावपछि गठबन्धनमा आवद्ध दलबीच समस्या हुनेहोकी भन्ने सोच्न नहुने प्रधानमन्त्री देउवाको भनाई छ ।

बिहीबर डडेलधुरामा आयोजित चुनावि सभामा देउवाले समृद्धि र आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले र त्यसका लागि अहिलेको गठबन्धन आवश्यक रहेको बताए ।

‘राजनीतिक पद्धति र विकासलाई संस्थागत रूपमा विकास गर्न देशमा बलियो गठबन्धन आवश्यक छ,’ प्रधानमन्त्री उेउवाले भने, ‘अहिलेको शत्ता गठबन्धन त्यही मर्मअनुसार बनेको हुँदा यो गठबन्धन लामो सयक सम्म टिक्ने छ ।’

स्थानी तह निर्वाचनपछि पहिलो पटक आफ्नो चुनावी क्षेत्रमा पुगेका प्रधानमन्त्री देउवाले सीमा समस्या दुई देशबीच हुने मित्रवत व्यवहारले मात्र समाधान हुन सक्ने बताए । राजनैतिक नाफा, घाटाका लागि अनावश्यक रुपमा सीमाजस्तो संवेदनशील विषयलाई मुद्दा बनाउनु उचित नभएको पनि देउवाले बताए । उनले भने, ‘लिपुलेक के खोसेर फिर्ता ल्याउन सकिन्छ ?’ प्रधानमन्त्री देउवाले विपक्षी एमाले नेता केपी ओलीको भोलि दार्चुलामा हुने कार्यक्रमलाई लक्षित गर्दै लिपुलेक र सीमा क्षेत्रका विषयमा आफ्नो धारणा राखेका हुन् ।

चुनावी सभामा देउवाले सुदूरपश्चिमको पर्यटन विकासका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन मतदातालाई दिए । उनले भने, ‘भारतीय पर्यटकलाई लक्षित गरी सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय क्षेत्र विकास मेरो पहिलो प्राथमिकता हुनेछ ।’ देउवाले गठबन्धनले जितेपछि राजनीतिले स्थायित्व पाउने र विकास पनि सम्भव हुने भएकाले सहयोग गर्न मतदातालाई आग्रह गरेका थिए ।

सातौं पटक प्रतिनिधिसभाको उम्मदेवारी दिएपछि देउवा पहिलो पटक डडेलधुरा आइपुगेका हुन् । उनीसँगै चुनावी प्रचारप्रसारका लागि कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा, केन्द्रीय सदस्य नैनसिंह महर, सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्द बोहरालगायत नेताहरु छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ८ : ०७ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु