२३ चैत्र २०८२, सोमबार | April 6, 2026

रोजगारिका लागि माल्टा पुगेकी विनिताको काम नथाल्दै डेङ्गुबाट मृत्यु



काठमाडौं । रोजगारिको क्रममा १ महिना अगाडि माल्टा पुगेकी इलाम सुर्योदय ६ कन्यामकी बिनिता ढुङेलको डेङ्गुका कारण मृत्यु भएको छ । माल्टा स्थित सरकारी अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको गैर आवासिय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन अर्यालले जनाएका छन् ।

अध्यक्ष भुवन अर्यालका अनुसार बिनिताको शुक्रबार बिहान स्थानीय समयअनुसार साढे ४ बजे निधन भएको हो।

माल्टा पुगेको भोलिपल्टै बिनिताको स्वास्थ्यमा समस्या देखिएपछि चेकजाँच गर्दा डेंगुको संक्रमण पुष्टि भएको थियो। उनको माल्टाको सरकारी अस्पतालमा उपचार भइरहेको थियो।

अध्यक्ष अर्यालका अनुसार बिनिताको बिमा नभएकोले अस्पतालमा ३० हजार युरो बिल उठेको छ।

बिनिताले कम्पनिमा काम पनि सुरु गरिनसकेको अवस्थामा रोजगारदाताले उपचार खर्च तिर्छर तिर्दैन यकिन भइसकेको छैन। यद्यपि कम्पनी व्यवस्थापनले उनको निधनप्रति दुः ख व्यक्त गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्यालको भनाइ छ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ११ : २० बजे

शेयर बजारप्रति सरकार उदार, ‘धरपकड होइन सुधार’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का