२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

ओलीले भने- मेची बगरकाे मैले झुलाघाटको पुल देखें, नजिकैका देउवाले त्यो पनि देखेनन्



काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री शेरबहादुर देउवामाथि खनिएका छन् । शुक्रबार बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री देउवामाथि तिखो प्रहार गरेका छन् ।

ओलीले आफू मेचीबगरमा जन्मेको मान्छेले झुलाघाटको पुलको दयनीय अवस्था देखेको, तर पाँचचोटि प्रधानमन्त्री भएर पनि देउवाले त्यो नदेखेको उनले बताए । उनले आफ्नो सरकार बनेपछि झुलाघाटमा पक्की पुल बन्ने बताए । त्यसको जिम्मा एमाले र आफूले लिने उनले बताए । उनले आफूले दार्चुलाको खलंगामा आयोजित आमसभामा प्रतिनिधिसभाका उम्मेदवार कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूलाई जिल्ला होइन, काठमाडौंमै बस्न सल्लाह दिएको बताए ।

ओलीले बैतडीमा पहिले पनि आफू आएको भन्दै विभिन्न विकासका आश्वासन बाँडे । उनले आफ्नो तीन वर्षे सरकारको पालामा देशमा ठूल्ठूलो विकास गरेको दाबी गरे । उनले विकास गर्न पनि एमाले नै चाहिने बताए । ‘यो देशमा विकास हुन एमाले नै चाहिन्छ । हुलाकी मार्ग हाम्रै सरकारको पालामा बन्यो । देशमा पहिले राति विमान उड्दैनथ्यो, त्यो एमाले सरकारकै पालामा सम्भव भयो । बुढाबुढी, केटाकेटी सबैलाई एमाले नै चाहिन्छ,’ ओलीले भने ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ३ : ४५ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु