७ आश्विन २०८३, बुधबार | September 23, 2026

मेरो एजेन्डा एउटै छ, विकास, विकास र विकास : इश्तियाक राई



नेपालगन्ज । जनता समाजवादी पार्टी बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूसँग एकमात्रै चुनावी एजेन्डा विकास भएको बताएका छन् । नेपालगन्जको वडा नं २० मा शुक्रबार साँझपख भएको चुनावी सभामा बोल्दै उम्मेदवार राईले आफ्नो एउटै एजेण्डा विकास मात्र भएको बताएका हुन् ।

विकासमा साझेदारी, जनताबीचको आपसी भाइचार र बाँकेवासीको समृद्धि बाहेक आफूले जनतालाई अरू कुनै दीवासपना नदेखाउने उनले बताए। ुमेरो एउटै ऐजेण्डा छ ‘विकास, विकास र विकास‘।’ उनले भने ।

सत्ता र विपक्षीहरूले बनाएको गठबन्धन उम्मेदवारहरूसँग एक्दै भिडिरहेका उनले सधैं जनताको माझमा रहिरहने आफूलाई कुनै पनि दलहरूको गठबन्धन आवश्यक नभएको बताए। ‘यी सारा जनताको प्रेम, आशा र भरोसा नै मेरो लागि गठबन्धनभन्दा महान छ। म सधैं जनतासँगै छु र सधैं तपाईंहरूकै साथमा रहिरहनेछु’ उनले भने ( ‘कसले कुन पार्टीसँग गठबन्धन गरिरहेको छ त्यो कुराको मलाई कुनै चिन्ता छैन। किनकि मेरो गठबन्धन जनतासँग छ र जसको गठबन्धन जनतासँग हुन्छ उसले चुनाव हारेको इतिहास कतै छैन।’

अहिले बाँके क्षेत्र नं २ मा माओवादीकेन्द्र, एकीकृत समाजवादी जनमोर्चाको गठबन्धनले नेपाली कांग्रेसका सुदीप नरसिंह राणा र नेकपा एमालेले राप्रपाका उम्मेदवार धवल समशेर राणालाई समर्थन गरेको छ। २०७४ सालको निर्वाचनमा पनि उनी नेपाली कांग्रेस र राप्रपा तथा नेकपा एमालेका उम्मेदवारसँग एक्लै प्रतिष्पर्धा गरेर विजयी भएका थिए।

करिब दुई साता लामो आक्रामक चुनावी घरदैलो अभियान सकेर जसपा क्षेत्र नं २ ले चुनावी सभाहरू सुरु गरेको हो। निर्वाचन आयोगले बिहीबारदेखि मात्रै चुनावी आमसभाहरू गर्न अनुमति दिएको थियो। दोस्रो चरणको यो अभियान अब मौन अवधि सुरू हुनुभन्दा अघिसम्म चल्नेछ।

क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा सदस्यका उम्मेदवार आदेशकुमार अग्रवाल तथा समानुपातिक सांसदका उम्मेदवारलगायत नेता तथा कार्यकर्ताहरूका साथमा पुगेका प्रतिनिधिसभा उम्मेदवार राईले जनताका समस्या समाधान र विकासका मुद्दाबाहेक अरू कुरामा भ्रम छर्ने उम्मेदवारहरूलाई मंसिर ४ गते जवाफ दिन आग्रह गरे। ‘अहिले आउने उम्मेदवारहरूलाई तपाईंहरूले प्रश्न सोध्नुस्, अहिलेसम्म तपाईंले अनि तपाईंका पार्टी र नेताहरूले यहाँका लागि के के गरे ? उनले भने ‘अनि त्यसको जवाफ पनि आफै दिनुहोस् मंसिर ४ गते। त्यो दिन मतदातालाई दीवा सपनाहरू बाँड्नेलाई होइन, वास्तविकरूपमा काम गर्ने र विकास गरिरहेको उम्मेदवारलाई भोट दिनुहोस्।’

उनले आफूलाई कमजोर पार्नका लागि विपक्षी उम्मेदवारहरूले मतदाताहरूमा धार्मिक र साम्प्रदायिक मुद्दाहरू भड्काउन थालेको भन्दै त्यसप्रति सचेत रहन पनि अपिल गरे। ‘उहीहरूले तपाईंहरूलाई एकप्रकारको विष दिईरहेका छन्। यसले तपाईं हामीलाई मात्रै होइन सबैलाई सिध्याउनेछ’ उनले भने ‘हामीले केही भनेका छैनौं। मतदाता अब सचेत भइसकेका छन्। हामीले मात्रै विकासको नाममा भोट दिनुस् भनिरहेका छौं। विकास कुनै धर्म वा सम्प्रदायको मात्रै होइन सारा नागरिकको अधिकार हो। हामी त्यही अधिकारको लागि लडिरहेका छौं।’

 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ९ : ३३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई