६ पुस २०८२, आइतबार | December 21, 2025

गठबन्धनसँग देश बनाउने भिजन छैन, त्यसैले एमाले विजयी बन्नुको विकल्प छैन : ओली



काठमाडौं । नेकपामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरुले जनता अल्मल्याउने काम मात्र गरेको आरोप लगाएका छन् ।

शनिबार प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार र गठबन्धनका नेताहरुसँग देश बनाउने कुनै पनि किसिमको मिसन(भिजन नभएको बताएका छन् ।

अध्यक्ष ओलीले उनीहरुले जादुगरी कुराहरु राखेर जनता अलमल्याउने गरी घोषणापत्र बनाएको भन्दै आलोचना गरे । ओलीले भने, ‘यिनीहरुको घोषणापत्रमा केही छैन, पोलिटिकल पार्टीले प्रोग्राम दिनुपर्‍यो, सोच हुनुपर्‍यो, यिनका घोषणापत्र शब्दहरुको थुप्रो हो ।’

ओलीले दिशाहीन रहेको पार्टीहरूलाई सरकारमा ल्याउने कि भिजन भएको पार्टीलाई सरकारमा ल्याउने हो भनेर प्रश्न गरे ।

उनले गठबन्धन सत्ता स्वार्थको गठजोठबाट बनेको आरोप लगाउँदै आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने बताए। उनले जनताले सरकारको विकल्प खोज्नु बेला आएको बताए । एमालेबाहेक अर्को कुनै पनि दल बलियो राष्ट्रिय शक्ति बन्न नसक्ने हुँदा एमालेका उम्मेदवारहरुलाई विजयी बनाउन उनले आग्रह गरे ।

 

 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १ : ५९ बजे

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा

मधेस प्रदेशमा आज सभामुख चयनका लागि मतदान हुँदै, दुई उम्मेदवार मैदानमा

काठमाडौं । मधेस प्रदेशमा सभामुख चयनका लागि आज आइतबार मतदान