६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

बलिउड अभिनेता शाहरुख भन्छन् – कोभिडपछि सुध्रिएँ



मुम्बई । बलिउड अभिनेता शाहरुख खान फिल्म ‘पठान’मार्फत चार वर्षपछि कमव्याक गर्दैछन् । हालै उनले ५७औं जन्मदिन पनि मनाए । उनले अहिले ट्वीटरमा फ्यानमाँझ ‘आस्कएसआरके’ सेसन सुरु गरेका छन् । जहाँ उनले फ्यानसँग फिल्मी करियरदेखि निजी जीवनका कुरा समेत गर्दछन् ।

हालै उनले फ्यानसँग लक डाउनको अनुभवदेखि लिएर फिल्मको पर्दामा कमव्याक गर्न लागेको विषयमा खुलेर कुराकानी गरे । उनलाई एक फ्यानले महामारीपछि के कुरामा परिवर्तन आयो भनी सोधेका थिए । ‘मलाई लाग्छ कि मेरो हरेक कुरा छिटो गर्ने बानीमा सुधार आएको छ । म पहिला हरेक फिल्ममा अभिनय गर्न सहमत हुन्थें । तर, अहिले कुनै पनि फिल्ममा हस्ताक्षर गर्नुअघि निकै विचार गरेर निश्कर्षमा पुग्छु,’ उनले भनेका छन् ।

उनलाई अर्का फ्यानले फिल्ममा कमव्याक गर्न लाग्दाको अनुभव बारे सोधेका छन् । जवाफमा शाहरुखले ‘यो अनुभव घर फर्किएजस्तै रहेको’ बताए ।

शाहरुख सन् २०१८ मा फिल्म ‘जिरो’मा देखिएका थिए । यो फिल्म फ्लप भएको थियो । यसबाहेक उनी ‘बम्हास्त्र’, ‘लाल सिंह चड्ढा’ र ‘रकेट्री’मा केमियो भूमिकामा देखिएका थिए । उनको प्रतिक्षित फिल्ममा ‘पठान’ बाहेक ‘जवान’ र ‘डंकी’ पनि हो ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ४ : ०१ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का