१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

द ब्रिटिस कलेजले पुनः ‘हल्ट प्राइज’ आयोजना गर्दै



काठमाडौ । ‘द ब्रिटिस कलेज’ले यस पटक पनि ‘हल्ट प्राइज’को आयोजना गर्ने भएको छ । यसअघि पनि सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेको ब्रिटिस कलेजले यस वर्ष पनि आयोजना गर्न लागेको हो ।

हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन, र स्टार्ट–अपहरूको क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले सञ्चालन हुँदै आएको छ ।
यस कार्यक्रममार्फत सहभागीहरूले आफ्ना सृजनात्मक विचारहरू निर्णायक मण्डलमाझ प्रस्तुत गर्न सक्ने आयोजकले जनाएको छ ।

स कार्यक्रममा मुख्यतः चार चरणहरू हुन्छन जसमा अन–क्याम्पस, क्षेत्रीय, ग्लोबल एक्सेलेरेटर र ग्लोबल फाइनल रहेका छन्। यी चरणहरु पार गरेपछि निर्णायकहरुले विजेताको घोषणा गर्नेछन । विजेताले लगानीको लागि १ मिलियन डलर प्राप्त गर्नेछन ।

हल्ट प्राइज संयुक्त राष्ट्र संघमा आधारित कार्यक्रम हो जुन हरेक वर्ष विश्वविद्यालयस्तरका विद्यार्थीहरूका लागि दिगो विकास लक्ष्यहरू आधारित विभिन्न विषयवस्तुहरूका लागि १२० देशहरूमा आयोजना हुँदै आएको छ । यस वर्षको विषय भने ‘रिडिजाइनिङ फेसन’ रहेको छ ।

यसअघि हल्ट प्राइज फाउन्डेसनद्वारा केन्याको नैरोबीमा आयोजना भएको ‘सेन्ट्रल साउथ एशिया प्रोग्राम अफ द इयर’ कार्यक्रमको लागि ब्रिटिस कलेजले ग्रिशम तिवारी र सन्दीप यादवलाई छनोट गरि सहभागी हुन पठाएको थियो ।

द ब्रिटिस कलेज २०२२–२०२३ को हल्ट प्राइजका लागि प्रज्वलिता विष्ट यस वर्षको पहिलो महिला क्याम्पस निर्देशकमा नियुक्त भएकी छन । उनीसँग दुई डीसीडी, सन्दीप यादव र सुजित ज्ञवालीसहित २० जना आयोजक समितिका सदस्यहरु रहेका छन्। समितिले कार्यक्रमको तयारी थालिसकेका छन्।

तयारीस्वरुप भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा सेन्ट जेभियर्स स्कूलका पूर्व विद्यार्थीहरूसँग यौन दुव्र्यवहारको शिकार भएका बालबालिकाहरूको हेरचाह गर्ने एनजीओलाई सामग्री प्रदान गर्ने उदेश्यले आर्थिक संकलनमा सहभागीता जनाएको थियो। साथै, सेप्टेम्बर २७ मा विष्टको अध्यक्षतामा बसेको बैठकले आगामी कार्यक्रमको बारेमा समेत छलफल गरि निर्णय समेत गरेको छ ।

निर्देशक विष्टका अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक टीबीसीका विद्यार्थीहरुले नोभेम्बरको मध्यसम्म आवेदन दिन सक्नेछन्। इच्छुक सहभागीहरूले तीन देखि पाँच सदस्यहरूको टोली बनाउन सक्नेछन्। टोलीका सदस्यहरु एउटै विश्वविद्यालयको हुनुपर्ने छ तथापी एक जना सदस्य भने अर्को संस्थाको हुनसक्नेछन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ३ : ४७ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन