७ पुस २०८२, सोमबार | December 23, 2025

एमालेलाई चुनाव जित्न कसैले रोक्न सक्दैन : ओली



धादिङ । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्ने बताएका छन् ।

नागढुङ्गा सुरुङमार्गको निरीक्षण गर्न आज आइपुगेका अध्यक्ष ओलीले खत्री पौवामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै धादिङको विकासका लागि एमालेले जित्नै पर्ने बताए ।

आफू प्रधानमन्त्री भएको बेला गरिएको सुरुङ बनाउने निर्णयले देश सुरुङ निर्माण युगमा प्रवेश गरेको उनको भनाइ थियो । चीनदेखि भारत जोडिने अन्तर्राष्ट्रिय राजमार्ग धादिङको क्षेत्र नम्बर १ मा पर्ने भएकाले विकासको यो निर्माण गर्ने जिम्मा एमालेले लिएको उनले बताए ।

धादिङको समस्याका रूपमा रहेको श्री ५ को बायुगुठी समस्या समाधान गर्न आफू लाग्ने उल्लेख गर्दै अध्यक्ष ओलीले सडक निर्माणका कारण दुर्गम भन्ने गरिएको धादिङ अब दुर्गम नरहेको बताए । उनले धादिङमा एमालेले जित्ने र एमालेको आधिकारिक उमेदवार प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सदस्य भूमि त्रिपाठी र क्षेत्र नम्बर १ को (१) को प्रदेशसभा सदस्यमा रमेश आचार्य रहेकाले धादिङका कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरे ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : २४ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत