२१ माघ २०८२, बुधबार | February 5, 2026

बाँके-२ : ‘चुनाव जितेपछि जनताको सेवक र नोकर भएर काम गर्नेछु’ – कांग्रेस उम्मेदवार राणा

‘कांग्रेसले जित्यो भने लोकतन्त्र सुदृढ भएर जान्छ’ - हमाल



नेपालगन्ज । बाँके प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस सहित पाँच दलिय गठबन्धनका उम्मेदवार सुदिपनरसिंह राणाले आफुले चुनाव जितेपछि जनताको सेवक र नोकर भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । नेपालन्ज उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस वडा समितिको सम्पर्क कार्यालय उद्घाटन तथा घरदैलोका क्रममा उनले यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

कांग्रेस नेपालन्ज उपमहानगरपालिका वडा नम्बर १ का सभापति सितादेवी काफ्लेको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा उम्मेदवार राणाले आफु बाँके जिल्लाको लागि नयाँ अनुहार नभई लामो समयदेखि झण्डा र डण्डा लिएर मुलुकको लोकतन्त्र बचाउन, जनताको हक र अधिकारलाई स्थापना गर्नका लागि हिजोदेखि नै हिडेका मान्छे भएको बताए ।

‘हामी अरु जस्तो कुनै व्यापार विजनेस गरेर आएका होईनौं, कांग्रेसका लागि संघर्ष गरेका व्यक्ति भएकोले नेपाली कांग्रेस तथा गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गर्दछु,’ उनले भने ‘विपीले देखेका सपना अझैं पुरा भएका छैनन, ती अधुरा सपना पुरा गर्न हामी आएका छौं ।’

यदी सबैको साथ र सहयोग पाएमा आफुले विपीका अधुरा सपना पुरा गर्ने उनले बताए । अरुको भावनामा बगेर अरुको भ्रामक कुरामा लागेर कांग्रेसलाई कमजोर नबनाउन सबैलाई आग्रह गरे ।

यस्तै बाँके, प्रदेश सभा २(२) का सशक्त उम्मेदवार सुरेन्द्रबहादुर हमालले कांग्रेसले जित्यो भने मुलुकमा विकाससँगै लोकतन्त्र सुदृढ भएर जाने बताए । अरुले जस्तो पदमा रहँदा गरिने व्यवहार र पदमा नरहँदा गरिने फरक व्यवहार आफुहरुले नगर्ने प्रतिवद्धता जनाए । ‘संबिधानलाई बचाउनका लागि लोकतन्त्र र प्रजातन्त्रलाई सुदृढिकरण गर्नका लागि नेपाली कांग्रेसलाई जिताउन आवश्यक छ,’ उनले भने ।

कार्यक्रममा कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, निवर्तमान सभापति किरण कोइराला, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, जिल्ला सचिव सुधान्शु कोइराला, निवर्तमान उपमेयर उमा थापामगर लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : १४ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता