१२ असार २०८३, शुक्रबार | June 26, 2026

एमेरीले डेब्यु खेलमा म्यानचेस्टर युनाइटेडलाई हराए



एजेन्सी । एस्टन भिल्लाका नवनियुक्त प्रशिक्षक उनाइ एमेरीले जिम्मेवारी लिएको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडलाई हराएका छन् । घरेलु मैदान भिल्ला पार्कमा एस्टन भिल्लाले ३-१ को जित दर्ता गरेको हो ।

सन् १९९५ यता घरेलु मैदानमा पहिलो पटक म्यानचेस्टर युनाइटेडलाई हराउने क्रममा टोलीले पहिलो ११ मिनेटमै २-० को अग्रता बनाएको थियो । खेलको सातौं मिनेटमा नै लिओन बेलीले अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक डेविड डे हेयाले बचाउन सकेनन् ।

११ औं मिनेटमा लुकास डीग्नेले गोल गर्दै अग्रता दोब्बर पारे । २५ यार्ड टाढाबाट लुकासले प्रहार गरेको फ्रिकिक सिधै गोल भएको थियो । पहिलो हाफको अन्त्यतिर लुक शाले गोल गर्दै खेलमा फर्कने संकेत दिए । उनको पेनाल्टी क्षेत्र बाहिरको प्रहार जेकाब राम्जीलाई लाग्दै गोल भएको थियो । त्यसअघि भिल्लाका गोलरक्षक एमि मार्टिनेजले केहि सुन्दर बचाउ गरे ।

दोस्रो हाफको सुरुवाती समयमा नै भिल्लाले २ गोलको अग्रता कायम गर्यो । ओली वाटकिन्सको पासमा राम्जीले गोल गर्दै घरेलु टोलीलाई बलियो स्थितिमा पुर्याए । खेलको अन्त्यतिर युनाइटेडको कप्तानी गरिरहेका क्रिस्टियानो रोनाल्डो र डिफेन्डर टाइरन मिन्ज्सबीच हात हालाहालको स्थिति बनेको थियो । तर रेफ्रीले दुवैलाई चेतावनी दिँदै पहेलो कार्ड देखाए ।

स्टिभन जेरार्डलाई बर्खास्त गरेपछि भिल्लाले एमेरीलाई प्रशिक्षकमा नियुक्त गरेको हो । यस जितसँगै टोलीले रेलिगेसन क्षेत्र छाड्दै १३ औं स्थानमा उक्लेको छ । भिल्लाको १४ खेलमा १५ अंक छ । युनाइटेड १३ खेलमा २३ अंक जोड्दै पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ५४ बजे

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो)

सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक साताको म्याद

काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी

स्वर्णिम वाग्ले रास्वपाको उपसभापतिमा निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा डा. स्वर्णिम वाग्ले

नेदरल्याण्ड्स समूह एफको विजेता, जापान उपविजेताका रूपमा नकआउट चरणमा

काठमाडौं । ट्युनिसियामाथि ३-१ को सहज जित निकाल्दै नेदरल्याण्ड्स विश्वकप

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,