४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमेरीले डेब्यु खेलमा म्यानचेस्टर युनाइटेडलाई हराए



एजेन्सी । एस्टन भिल्लाका नवनियुक्त प्रशिक्षक उनाइ एमेरीले जिम्मेवारी लिएको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडलाई हराएका छन् । घरेलु मैदान भिल्ला पार्कमा एस्टन भिल्लाले ३-१ को जित दर्ता गरेको हो ।

सन् १९९५ यता घरेलु मैदानमा पहिलो पटक म्यानचेस्टर युनाइटेडलाई हराउने क्रममा टोलीले पहिलो ११ मिनेटमै २-० को अग्रता बनाएको थियो । खेलको सातौं मिनेटमा नै लिओन बेलीले अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक डेविड डे हेयाले बचाउन सकेनन् ।

११ औं मिनेटमा लुकास डीग्नेले गोल गर्दै अग्रता दोब्बर पारे । २५ यार्ड टाढाबाट लुकासले प्रहार गरेको फ्रिकिक सिधै गोल भएको थियो । पहिलो हाफको अन्त्यतिर लुक शाले गोल गर्दै खेलमा फर्कने संकेत दिए । उनको पेनाल्टी क्षेत्र बाहिरको प्रहार जेकाब राम्जीलाई लाग्दै गोल भएको थियो । त्यसअघि भिल्लाका गोलरक्षक एमि मार्टिनेजले केहि सुन्दर बचाउ गरे ।

दोस्रो हाफको सुरुवाती समयमा नै भिल्लाले २ गोलको अग्रता कायम गर्यो । ओली वाटकिन्सको पासमा राम्जीले गोल गर्दै घरेलु टोलीलाई बलियो स्थितिमा पुर्याए । खेलको अन्त्यतिर युनाइटेडको कप्तानी गरिरहेका क्रिस्टियानो रोनाल्डो र डिफेन्डर टाइरन मिन्ज्सबीच हात हालाहालको स्थिति बनेको थियो । तर रेफ्रीले दुवैलाई चेतावनी दिँदै पहेलो कार्ड देखाए ।

स्टिभन जेरार्डलाई बर्खास्त गरेपछि भिल्लाले एमेरीलाई प्रशिक्षकमा नियुक्त गरेको हो । यस जितसँगै टोलीले रेलिगेसन क्षेत्र छाड्दै १३ औं स्थानमा उक्लेको छ । भिल्लाको १४ खेलमा १५ अंक छ । युनाइटेड १३ खेलमा २३ अंक जोड्दै पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको