१४ असार २०८३, आइतबार | June 28, 2026

मारवाडी फकाउँदै इश्तियाक : ‘देश विकासका लागि मारवाडी समुदायको योगदान महत्वपूर्ण छ’- राई



नेपालगन्ज। जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले देशका लागि ठूलो योगदान दिएको ‘मारवाडी’ समुदाय राज्यबाटै हेपिएको बताएका छन्। चुनावी अभियान अन्तर्गत बाँकेका विभिन्न क्षेत्र तथा समाजिक संघसंस्थाहरूसँग छलफल गर्ने क्रममा सोमबार नेपालगन्जका मारवाडी समुदायका अगुवाहरूसँग भेटघाट गर्दै उनले मारवाडी समुदायलाई राज्यले सम्मान दिन नसकेको बताएका हुन् ।

‘देशको आर्थिक मेरुदण्डका रूपमा रहेको मारवाडी समुदाय राज्यबाटै हेपिएको छ। यसको वकालत मैले पक्कै गर्नेछु। त्यसमा पनि अझ नेपालगन्ज क्षेत्रमा रहेर व्यापार व्यवसाय र उद्योगधन्दा गर्नेहरू अझ धेरै समस्यामा छन्’ उनले भने ‘नेपालगन्जको व्यापार व्यवसाय प्रवर्द्धनका योजनाहरूमा पनि मैले काम गर्नेछु र नीति निर्माणका लागि राज्यको माथिल्लो तहमै मैले पहल गर्नेछु।’

उम्मेदवार राईले आफू कुनै धर्म, सम्प्रदाय वा जाति विशेषको मुद्दामा सिमित नभएर यो क्षेत्रको विकास र समृद्धिका लागि मात्रै लडिरहेको पनि बताए। ‘यो जातजाति, धर्म सम्प्रदाय वा धर्मको नाममा नागरिकलाई विभाजन गर्ने समय होइन’ उनले भने ‘चुनावको बेला भनेको विकास र यस क्षेत्रका नागरिकको समृद्ध जीवन कसरी बनाउने भनेर बहस गर्ने बेला हो। यसका लागि म कुनै पनि उम्मेदवारसँग बहस गर्न तयार छु।’

राईले आफूले कसैलाई भ्रममा राखेर झुटा आश्वासन र जनतालाई पूरा नहुने सपना नबाँड्ने पनि बताए। त्यसका लागि आफूले गरेका कामहरू र आगामी दिनमा गर्ने कामहरूको ठोस योजना बोकेर चुनावी मैदानमा उत्रिएको पनि उनले प्रस्ट पारे।

भेटघाट कार्यक्रममा प्रदेशसभाका उम्मेदवार आदेशकुमार अग्रवालले यहाँको विकास र समृद्धिका लागि काम गर्नसक्ने र सम्भावना बोकेका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका थिए।

भेटघाटमा जुटेका मारवाडी समुदायका अगुवाहरूले समुदायले भोगेका समस्याहरु समाधान गर्ने तर्फ उम्मेदवार राइको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ७ : ४२ बजे

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट