३० श्रावण २०८३, शनिबार | August 15, 2026

एमालेको सरकारले मात्र सुकुम्बासी समस्या समाधान गर्छ : उम्मेदवार घिमिरे



कञ्चन । नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट रुपन्देही क्षेत्र नं. ५ का साझा उम्मेदवार बासुदेव घिमिरेले मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गर्ने बताएका छन् ।

चुनावी अभियानको क्रममा सैनामैना र कञ्चनका विभिन्न ठाउँमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार घिमिरेले एमाले नेतृत्वको सरकारले मात्र अव्यवस्थित र सुकुम्बासीहरुलाई जग्गाको वास्तविक मालिक बनाउने दावी गरे ।

यसअघि एमाले नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधानको काम अन्तिम चरणमा पु¥याए पनि गठबन्धन सरकारले त्यसलाई षड्यन्त्रपूर्वक रोकेको भन्दै उनले निर्वाचनपछि प्राथमिकताका साथ सुकुम्बासी समस्या समाधानको काम गरिने स्पष्ट पारे । कतिपयको जमिन नैं नभएको र कतिपयले जग्गा उपभोग गरे पनि त्यसको स्वामित्व नहुँदा धेरै समस्या पाएको चर्चा गर्दै उनले अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीको समस्या समाधान गर्न आफू सधैं प्रतिबद्ध रहने स्पष्ट पारे ।

एमाले सरकारले अघि बढाएको जनता आवास कार्यक्रमलाई क्षेत्र नं। ५ का सबै पालिकाहरुमा विस्तार गरिने बताउँदै उम्मेदवार घिमिरेले भूमिहीन तथा आवासविहीन सम्पूर्ण घरपरिवारलाई संविधान प्रदत्त आवासीय हक अनुरुप आवास सुविधा उपलब्ध गराइने प्रतिबद्धता जनाए ।

यस्तै प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले लालपूर्जा वितरणको ७० प्रतिशत भन्दा बढी काम पूरा हुँदै गर्दा एमाले सरकारलाई षड्यन्त्रपूर्वक ढालिएपछि सुकुम्बासी समस्या समाधानको काम रोकिएको बताए । ‘भूमिहीन सुकुम्बासीहरूलाई जग्गा मालिक हुनबाट रोकियो । चुनाव पछि हाम्रो सरकार बन्छ । हामी जनताका समस्या समाधान गर्छौं’ उनले भने ।

भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, सिँचाई लगायतका विकासका काम देखिने गरि गरिएको र अझ सुधारका लागि योजनाबद्ध तरिकाले गरिने उनको भनाइ छ । गठबन्धनको सरकारले जनतालाई ढाँट्ने काम बाहेक अरू केही नगरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १२ : २६ बजे

परराष्ट्रमन्त्रीद्वारा भारतीय स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ । मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन

काठमाडौंमा आज विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिँदै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले