८ बैशाख २०८३, मंगलबार | April 21, 2026

रूसलाई हतियार आपूर्ति आरोप, प्योङयाङ– वासिङटन वाक्युद्ध



उत्तरकोरियाले रूसलाई कहिल्यै हातहतियार आपूर्ति नगरेको स्पष्ट गर्दै त्यससम्बन्धमा भ्रामक हल्ला गरेकामा अमेरिकाको कडा शब्दमा निन्दा गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीको अभिव्यक्तिको खण्डन गर्दै प्योङयाङले वासिङटनको निन्दा गरेको हो ।

उत्तरकोरियाले गोप्य रूपमा भारीमात्रामा हातहतियार रूसलाई आपूर्ति गरेको आरोप प्रवक्ता किर्बीले गत हप्ता लगाएपछि प्योङयाङले आफूसँग मस्कोले कहिल्यै हतियारको कारोबार नगरेको स्पष्ट गरेको छ । “हामीले रूसँग कहिल्यै हतियारको कारोबाहर गरेका छैनौँ, भविष्यमा त्यसो गर्ने हाम्रो कुनै योजना छैन,” रक्षा मन्त्रालयको अन्तर्राष्ट्रिय मामिला विभागका एकजना उपनिर्देशकले भनेका छन् ।

अज्ञात ती उपनिर्देशकले अन्तर्राष्ट्रिय क्षेत्रमा उत्तरकोरियाको छवि धमिलो पार्ने अमेरिकाको शत्रुतापूर्ण प्रयासको आज निन्दा गरेका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । आवरणमा उत्तरकोरियाले मध्यपूर्व वा उत्तरअफ्रिकी देशमा हतियार आपूर्ति गरिएको देखाए पनि हातहतियारको वास्तविक गन्तव्य रूस भएको गुप्तचर निकायबाट प्राप्त सूचनाका आधारमा प्रवक्ता किर्बीले बताएका थिए । यसअघि पनि प्योङयाङले वासिङटनलाई ‘लापरबाह टिप्पणी’ नगर्न तथा ‘आफ्नो मुख बन्द राख्न’ आह्वान गरेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  २ : ०९ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति