२२ भदौ २०८३, सोमबार | September 7, 2026

रुपन्देही-१ मा जनमुक्तिको घोषणपत्र : भ्रष्टाचारलाई देशद्रोह सरहको कानून ल्याउँछौं



बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देही-१ मा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मगलबार पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका मूल्यांकन तथा अनुगमन समिति संयोजक दलबहादुर थापा बिरकट्टाले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

समुन्नत राष्ट्र निर्माणका लागि बहुजातीय लोकतान्त्रीक समाजवादको राजनीतिक सिद्धान्त अगाडि सारेर विभिन्न २७ बुँदाका महत्वलाई समावेश गरी घोषणापत्र तयार पारिएको उनले बताए । प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार समेत रहेका बिरकट्टाले भ्रष्ट्राचारलाई देशद्रोह सरहको अपराध मानि सोही अनुसारको कडा कानुनी सजायको व्यवस्था गर्ने पार्टीको नीति रहेको बताए । देशमा वर्षौदेखि नेतृत्व गरिरहेका पार्टीहरुले देश बिकासका पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै उनले एक पटक राष्ट्रिय जनमुक्ति पार्टीलाई जिताएर मूलुकको अवस्था परिवर्तनका अवसर प्रदान गर्न आग्रह गरे ।

यसैगरी बिरकट्टाले जनताले चुनेर पठाएका प्रतिनिधिले प्रतिवद्धता अनुरुप काम नगरे फिर्ता बोलाउने अधिकार पनि हुनुपर्ने जिकीर गरे । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुँदा मिश्रित प्रणालिमा जस्तो चुनावमा पैसाको खोलो बग्ने स्थिती नहुने र उक्त प्रणालिलाई सहि तरिकाले व्यवस्थापन गर्न राइट टु कोर्ट उपयुक्त हुने बताए ।

घोषणा पत्रमा पूर्ण संघीयताको मर्म अनुरुप प्रदेश र स्थानीय तहलाई अधिकतम स्वायत्तता प्रदान गर्ने, भ्रष्ट्राचार विरुद्ध विशेष ब्यूरो निर्माण गरि कडा दण्ड सजायको व्यवस्था गर्ने, राइट टु कोर्टको व्यवस्था गरी प्रतिवद्धता अनुसार काम नगर्ने प्रतिनिधिलाई प्रतिबद्धता पत्रलाई दसी प्रमाण मानि कानुनी प्रकृयामार्फत फिर्ता बोलाउन सक्ने कानुन बनाउने लगायतका योजना समेटिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ४ : ४३ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा