३ पुस २०८२, बिहिबार | December 18, 2025

अव सुकुम्बासीका समस्या चुनावी मुद्दा हुने छैन : इश्तियाक राई



नेपालगन्ज । जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्रनं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले अब कसैले पनि ‘चुनावी मुद्दा’ बनाउन नसक्ने गरी सुकुम्बासीका समस्याहरू समाधान हुने बताएका छन् ।

आफ्नो चुनावी क्षेत्रका विभिन्न सुकुम्बासी वस्तीहरूमा मतदाता भेट्न पुगेका राईले उनीहरूका समस्या समाधानका लागि नीतिगत तह मै आफूले हस्तक्षेपकारी भूमिका खेल्ने वाचा पनि गरे।

मंगलबार बिहानै उनी नेपालगन्ज वडानं १८ मा पर्ने शान्तिनगर स्थित सुकुम्बासी वस्तीमा पुगेका थिए। करिब १०० जति परिवार बसोबास गर्ने सो वस्तीमा अहिलेसम्म सडक र नालाहरू व्यवस्थित हुन सकेका छैनन् ।

हरेक पटक भोट माग्न आउने नेताहरूले आफूहरूलाई आशामात्रै देखाएर भोट लगेको भन्दै उनीहरूले उम्मेदवार राईसँग यस पालि धोका नदिन आग्रह गरेका थिए। वर्षौं देखि लालपूर्जाको लोभ देखाएर भोट माग्न नेताहरू वस्ती पुग्ने र त्यसपछि उनीहरूलाई बिर्सने गरेको उनीहरुले गुनासो गरे ।

उम्मेदवार राईले आगामी दिनमा सुकुम्बासीका समस्यालाई आफूले चुनावी मुद्दा हुन नदिने गरी समाधान गर्न पहल गर्ने बताए । ‘अहिले सम्म धेरै नेताहरूले सुकुम्बासीलाई अनेक सपनाहरू देखाएर भोट मागेका छन् । त्यसैको आशमा सुकुम्बासीहरूले भोटपनि दिन परिरहेको छ’ उनले भने, ‘तर अब सुकुम्बासीको नाममा कसैले पनि राजनीति गर्न पाउने छैन र त्यसलाई चुनावी मुद्दा बनाउन पनि पाउने छैन। मैले चुनाव जितें भने नीतिगत तह मै त्यसका लागि काम गर्ने छु।’

 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : ०२ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन