३० भदौ २०८१, आइतबार | September 15, 2024

अव सुकुम्बासीका समस्या चुनावी मुद्दा हुने छैन : इश्तियाक राई



नेपालगन्ज । जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्रनं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले अब कसैले पनि ‘चुनावी मुद्दा’ बनाउन नसक्ने गरी सुकुम्बासीका समस्याहरू समाधान हुने बताएका छन् ।

आफ्नो चुनावी क्षेत्रका विभिन्न सुकुम्बासी वस्तीहरूमा मतदाता भेट्न पुगेका राईले उनीहरूका समस्या समाधानका लागि नीतिगत तह मै आफूले हस्तक्षेपकारी भूमिका खेल्ने वाचा पनि गरे।

मंगलबार बिहानै उनी नेपालगन्ज वडानं १८ मा पर्ने शान्तिनगर स्थित सुकुम्बासी वस्तीमा पुगेका थिए। करिब १०० जति परिवार बसोबास गर्ने सो वस्तीमा अहिलेसम्म सडक र नालाहरू व्यवस्थित हुन सकेका छैनन् ।

हरेक पटक भोट माग्न आउने नेताहरूले आफूहरूलाई आशामात्रै देखाएर भोट लगेको भन्दै उनीहरूले उम्मेदवार राईसँग यस पालि धोका नदिन आग्रह गरेका थिए। वर्षौं देखि लालपूर्जाको लोभ देखाएर भोट माग्न नेताहरू वस्ती पुग्ने र त्यसपछि उनीहरूलाई बिर्सने गरेको उनीहरुले गुनासो गरे ।

उम्मेदवार राईले आगामी दिनमा सुकुम्बासीका समस्यालाई आफूले चुनावी मुद्दा हुन नदिने गरी समाधान गर्न पहल गर्ने बताए । ‘अहिले सम्म धेरै नेताहरूले सुकुम्बासीलाई अनेक सपनाहरू देखाएर भोट मागेका छन् । त्यसैको आशमा सुकुम्बासीहरूले भोटपनि दिन परिरहेको छ’ उनले भने, ‘तर अब सुकुम्बासीको नाममा कसैले पनि राजनीति गर्न पाउने छैन र त्यसलाई चुनावी मुद्दा बनाउन पनि पाउने छैन। मैले चुनाव जितें भने नीतिगत तह मै त्यसका लागि काम गर्ने छु।’

 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : ०२ बजे

राजदुतबारे निर्णय गर्ने संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित

काठमाडौं । प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न डाकिएको संसदीय

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ

साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क

कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

ललितपुर । शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन

‘हिंसा’ शब्द विवादमाथि छलफल गर्न सभामुखले बोलाए दलका प्रमुख सचेतक सचेतकहरुलाई

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका प्रमुख सचेतक र