२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

एमालेलाई केपी ओलीले राप्रपाकरण र तानाशाहीकरण गरे : घनश्याम भुसाल



बुटवल । सत्ता गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका बाम नेता घनश्याम भुसालले केपी शर्मा ओलीले एमालेलाई राप्रपाकरण गरेको बताएका छन् । मंगलवार गठबन्धनले तिलोत्तमा नगरपालिका वडा नं। ७, सेमरा बजारमा राखेको चुनावी कोणसभामा बोल्दै भुसालले एमालेको राप्रपाकरण र तानाशाहीकरणका कारण केपी ओलीमा पलाएको दम्भ र अहंकारले संविधान हान्न पुगेको र दुई–दुई पटक संसद विघटनको शृङ्खलाबाट देश गुज्रनुपरेको तर्क गरे ।

उनले नेकपा एमाले लोकतान्त्रिक पार्टी भए पनि ओलीले यसलाई ध्वस्त पारेको जनाए । कमल थापालाई सूर्य चिन्हमा निर्वाचन लड्न दिएकोप्रति संकेत गर्दै नेता भुसालले एमाले राप्रपाकरण गरिएको टिप्पणी गरे ।

‘आउने पुस्तालाई ओलीले कसरी एउटा प्रभावशाली पार्टीलाई तहसनहस पारे र मुलुक नै तहसनहस हुने अवस्थामा पुग्यो भनेर कम्तीमा १० देखि १५ बर्षसम्म पढाउनु पर्नेछ’, उनले भने, ‘आजकल मलाई ओलीजीको बिरोध गर्यो भन्छन्, तर ब्यक्तिगत रुपमा मेरो कुनै दुश्मनी छैन । मैले कुनै कुरा मागेको पनि होइन तर ओलीजिले दक्षिण एसियाकै लोकतान्त्रिक पार्टी भनिएको एमालेमा बनमारा झार रोप्नुभयो, जसले पार्टी प्रणाली ध्वस्त गर्यो ।’

गठबन्धन तर्फबाट रुपन्देही क्षेत्र नं. १ (ख)का प्रदेशसभा सदस्य उम्मेदवार अब्दुल रज्जाकले आफूहरु लोकतन्त्रको रक्षाका लागी प्रतिवद्ध रहेको बताए । रज्जाकले यस क्षेत्रको विकाससँगै संविधानको रक्षा गर्न आफूहरु पछि नपर्ने बताए । उनले जनताको कारणनै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले उपलब्धीको रक्षा जसले गर्छ उसैलाई मतदान गर्ने कुरामा जनता प्रतिबद्ध रहेको बिश्वास व्यक्त गरे ।

गठबन्धनले रुपन्देही क्षेत्र नं १ मा घरदैलो कार्यक्रम गरिरहेको छ । गत आइतवारदेखि शुरु भएको घरदैलो कार्यक्रम अन्तर्गत क्षेत्रका ३३ वडाहरु मध्य अहिलेसम्म रोहिणी वडा नं १, २, ३, ४, ५, ६, ७, देवदह १०, तिलोत्तमा ७, ८, ९, १२ ओमसतिया ६ लगायत वडाहरुमा घरदैलो कार्यक्रम सकिएको छ भने अन्यमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : ३९ बजे

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा

पश्चिम बंगालमा बीजेपी नेताका निजी सहायकको गोली हानी हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

झापा । मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै