७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रदेश-१ का वनमन्त्री एवं मोरङ-३ ‘क’ का प्रदेश सभा सदस्यका उम्मेदवार थापाको निधन



काठमाडौं । प्रदेश १ का वनमन्त्री तथा मोरङ निर्वाचन क्षेत्र नं. ३ क बाट प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ ।

थापाको बुधबार बिहान उपचारका क्रममा निधन भएको पत्रकार हरि कोइरालाले जानकारी दिएका छन् ।

उम्मेदवारी मनोनयन दर्ताको भोलिपल्ट २४ असोजमा अचानक अस्वस्थ भएपछि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उपचार नभएपछि २५ दिन काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरियो । गम्भीर प्रकारको निमोनिया देखिएपछि थप उपचारका लागि २७ असोजमा हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

२५ दिन काठमाडौंमा उपचार गर्दा उनको स्वास्थ्यमा सुधार भएपछि आफन्तले विराटनगर ल्याएर नोबेल मेडिकल कलेजमा भर्ना गरेका छन् । स्वास्थ्यमा सुधार भए पनि अत्यधिक कमजोर भएका कारण उनलाई निरन्तर अक्सिजन सहयोगमा राखिएको थियो । उपचारकै क्रममा उनको बुधबार बिहान निधन भएको हो । प्रदेश १ सरकारका वन वातावरण तथा भू संरक्षण मन्त्री रहेका थापा कांग्रेसका पुराना नेता हुन् ।

गिरिजाप्रसाद कोइरालाको आठ वर्ष निजी सचिव भएर काम गरेर थापा २०७४ सालमा समानुपातिक सांसद निर्वाचित भएका थिए । यो पटक उनलाई पार्टीले प्रदेशमा प्रत्यक्षतर्फको टिकट दिएको थियो ।

क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट डा. सुनिल शर्मा, एमालेबाट भानुभक्त ढकाल र राप्रपाबाट रेखा थापा उम्मेदवार छन् । क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ मा एमालेबाट किशोर राई र कांग्रेसबाट थापा उम्मेदवार छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १२ : १६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज